वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने
अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो ।केन्द्रले तत्काल आधारभूत सेवा प्...