बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुने अर्थमन्त्रीको स्पष्टोक्ति

Card image cap


बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुने अर्थमन्त्रीको स्पष्टोक्ति
  
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २४ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनमा खरो रूपमा प्रस्तुत हुने बताउनुभएको छ । बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्दै गतिलो नतिजा ल्याउने बताउनुभएको हो ।
बुधबार आगामी आवको अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उहाँले सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउन सकिने बताउनुभयो । कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुनेगरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले बजेट कार्यान्वयनको तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ देखि नै आगामी वर्षको बजेट कार्यान्वयनको बलियो आधार तयार भएकाले आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताउनुभयो ।
राजस्व सचिव रामशरण पुडासैनीले कार्यसम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाउने भएकाले त्यसले नतिजा बढाउन सहयोग पु¥याउने बताउनुभयो । कार्यसम्पादन सम्झौता देखाउन र प्रचार गर्नका लागि नभएर प्रतिस्पर्धाको भावना बढाउन भएकाले त्यसैअनुसार प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्यसम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रम पूरा गर्ने बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता महेश आचार्यले बजेट कार्यान्वयनका सन्दर्भमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको र आवश्यक निर्देशिका निर्माण भइरहेको जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Related Keywords

Kathmandu , Bagmati , Nepal , Mahesh Acharya , Bishnu Poudel , , Deputy Prime Minister , Finance Minister Bishnu Poudel , Secretary Dhungana August , Secretary Sharan , கட்மாண்டு , பாக்மாடி , நேபால் , மகேஷ் ஆசார்யா , பிஷ்ணு பொஊதேல் , துணை ப்ரைம் அமைச்சர் , நிதி அமைச்சர் பிஷ்ணு பொஊதேல் , செயலாளர் ஷரன் ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.