एक नम्बर प&#

एक नम्बर प&#

एक नम्बर प्रदेश : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


प्रदेश १ प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुला भएको छ ।
उपसभामुख सरस्वती पोखरेलले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । सत्तारुढ एमाले (खनाल–नेपाल) पक्षको साथ पाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । योसँगै तत्कालका लागि सरकार अप्ठेरोमा पर्ने अवस्था टरेर गएको छ । 
प्रदेशसभामा सत्ताधारी दल एमालेको एकल सरकार रहेको छ । एमालेको ५१,(१८ खनाल–नेपाल)  काँग्रेसका २१, माओवादी केन्द्र १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था  छ  ।
नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शेरधन राईले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिपक्ष दल जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिएका छन् । विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्रका तर्फबाट नीति तथा कार्यक्रममाथि परेका संशोधन भने खारेजी भएको छ । बैठकमा निर्णयार्थ प्रस्तुत संशोधन बहुमतले अस्वीकृत गरेपछि खारेज भएको हो ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
‘सबैको, सबैभन्दा राम्रो’ 
रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 
कमेन्ट
कमेन्ट गर्नुहोस्
info outline
तपाईको ईमेल गोप्य राखिनेछ
नाम :
प्रतिक्रिया :
पोष्ट गर्नुहोस्
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
यो पनि पढौँ

Related Keywords

Nepal, Dhan Rai, Saraswati Pokharel, Jayaram Yadav, Nepali Congress, M Center, Pradesh Sunday, Pradesh July, Repeal The, Province 1, நேபால், தன் ராய், நேபாளி காங்கிரஸ், மீ மையம், மாகாணம்,