Live Breaking News & Updates on Nepali public relations committee

Stay informed with the latest breaking news from Nepali public relations committee on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Nepali public relations committee and stay connected to the pulse of your community

NC Mahasamiti meeting begins with over 2,100 participants in Lalitpur

PATAN, Feb 19: Altogether 2,105 participants are attending the Nepali Congress (NC) Mahasamiti meeting that is beginning at Sunrise Conference Center, Godawari in Lalitpur, today.

Sher-bahadur-deuba , Nepali-public-relations-committee , Sunrise-conference-center , Nepali-congress-nc-mahasamiti , Nepali-congress , Min-bahadur-bishwakarma , Unrise-conference-center , Nline-news-nepal , Epal-news , Epal-news-online , Epal-news-today , Epal-news-latest

एनआरएनएभित्रको राजनीति : पैसाको दुरुपयोगदेखि नेताको दैलोसम्म !

एनआरएनएभित्रको राजनीति : पैसाको दुरुपयोगदेखि नेताको दैलोसम्म !
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Australia , Japan , United-kingdom , Nepal , Barcelona , Comunidad-autonoma-de-cataluna , Spain , Nepali-public-relations-committee , Branch-land , International-convention , Public-relations-committee

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी


वसन्त रानाभाट 
२०७८ साउन १२ गते ६:४० मा प्रकाशित प्रतिक्रिया
बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने  राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन् भने राई एनआरएनए स्पेनको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ। यद्यपि समितिबाट सबै पद संख्या बराबर उम्मेदवारहरु खडा गरिएको थिएन ।
दुई हजार १९ पंजीकृत सदस्यहरूरहेको स्पेनमा एक हजार ९०४ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । कुल मतदातामध्ये ९४ प्रतिशतले मतदानमा भाग लिएका छन् । यो एनआरएनए स्पेनको इतिहासमै सर्वाधिक बढी खसेको मत हो।
सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो। अनलाइन भोटिङ्गको जिम्मेवारी साइटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोनाले लिएको थियो।
आईसीसी सदस्यमा गिरी र तिमिल्सिना विजयी
 
यस्तै दुई अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि दिनेश कुमार गिरी एक हजार दुई मतका साथ विजयी बने । प्रकाश तिमिल्सिना पनि आईसीसी सदस्य पदमा निर्वाचित बनेका छन् । उनले ९५६ मत प्राप्त गरे । अर्का प्रत्यासी यज्ञ नारायण पौडेलले (रमेश) ८६९ मत प्राप्त गरेका छन्।
विजयी बनेका गिरी निर्वतमान कार्यसमितिका उपाध्यक्ष हुन् भने तिमिल्सिना पूर्वउपाध्यक्ष हुन्। छैठौं अधिवेशनमा आईसीसी सदस्यमा पराजित भएका तिमिल्सिना सातौ अधिवेशनमा भने चुनाव जितेका छन्।
यस्तै खुल्ला उपाध्यक्षतर्फ सोनु रावतले एक हजार ४६ मत मत प्राप्त गर्दै विजयी बने। उपाध्यक्षमा नै कृष्णराम रानाभाट ९६६ मत ल्याउँदै निर्वाचित भए। महिला उपाध्यक्षमा सिर्जना लामिछाने एक हजार १५४ मत प्राप्त गर्दै विजयी भइन्। क्षेत्रीय कोटाको उपाध्यक्षमा रोशन पाठकले ९३९ मतका साथ विजयी बनेका छन्।
महासचिवमा विदुर गौतम एक हजार १४ मत ल्याउँदै निर्वाचित भए । सचिव (खुल्लातर्फ) अरुण घिमिरेले एक हजार १७१ मतका साथ र नारायण भट्टराई (एन.के) ८५५ मत सहित विजयी बनेका छन्।
कोषाध्यक्षमा सन्तबहादुर क्षेत्री ९३३ मत ल्याउँदै निर्वाचित भए । युवा संयोजकका मनुशजंग खड्काले ९७३  मत ल्याएर विजयी भए । म्याड्रिड क्षेत्रबाट सचिव पदका लागि सुन्दरी लामाले ९७८ मत ल्याउँदै निर्वाचित भइन्।
निर्विरोध को-को बनेका थिए
?
यसअघि सहकोषाध्यक्षमा शिवप्रसाद पौडेल र महिला संयोजकमा देवीकुमारी भण्डारी, क्षेत्रगत सचिवमा पाइसभास्कोबाट दीपेन्द्र प्रकाश अर्याल, ग्रान कानरियाबाट दीपेन्द्र श्रेष्ठ निर्विरोध बनेका थिए । कोष्ट़ाब्याङ्का क्षेत्रबाट भने एक जना सचिव पछि मनोनित गरिने संघको निर्वाचन नियामवलीमा उल्लेख छ।
कार्यसमिति सदस्यमा इमा सापकोटा भट्ट, कमल पराजुली, जमुना देवी शर्मा, प्रकाश पुरी र डिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा पराजित भएपछि राईले भने स्पेनबाट सवैले सिकुन्
 
१५५ मतान्तरले पराजित भएपछि एनआरएनए स्पेनका अध्यक्षका प्रत्यासी उत्तरकुमार राईले निर्वाचन समितिलाई धन्यवाद दिएका छन् । विभिन्न देशहरुमा निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठिरहेका बेला उनले मतपरिणामबाट आँफू सन्तुष्ट रहेको बताएका छन्।
 ‘४६ प्रतिशत मत दिएर स्पेनवासीले मलाई गुन लगाउनु भएको छ। शालिक जीलाई अलि बढी दिनुभयो उहाँ विजयी बन्नुभयो। मैले त परिणाम आउने बित्तिकै फोनमार्फत बधाई पनि दिए,’ राईले भने। नयाँ टेक्नोलोजिको प्रयोग गर्दै अनलाइन भोटिङ्गमार्फत चुनाव हुँदा सबै मतदातालाई सहज भएकोमा उनले खुशी व्यक्त गरे।
निर्वाचनको क्रममा विभिन्न देशहरुमा झडप भइरहेकोप्रति इंकित गर्दै उनले विकसित देशमा बसेर यहाँ संस्कारलाई पनि सिक्नुपर्नेमा जोड दिए । ‘हारजित निर्वाचनको प्रक्रिया हो । अध्यक्षमा विजयी डुम्रे जीलाई पनि म पूर्णरुपमा सहयोग गर्छु । चुनाव थियो सक्कियो अब मिलेर काम गर्ने हो। स्पेनको नेपाली समुदायबाट सबैले सिक्दा हुन्छ,’  उनले थपे।
निर्वाचन समितिका संयोजक हेम शेर्पासहितको टिमले स्पेनमा पहिलोपटक अनलाइन भोटिङ्गमार्फत निर्वाचन  सफलतापूर्वक सम्पन्न गरेको छ।

Jamuna , Nepal-general- , Nepal , Spain , Barcelona , Comunidad-autonoma-de-cataluna , Khadka , Sapkota-bhatt , Arun-ghimire , Narayan-poudel , Dinesh-kumar , Narayan-bhattarai

एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड


एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड
बेल्जियम प्रहरी दुई पटकसम्म घटनास्थल पुग्यो, जरिमाना गर्ने चेतावनी
बसन्त रानाभाट
२०७८ साउन ११ गते ८:२० मा प्रकाशित प्रतिक्रिया
बार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा अकस्मात विदेशी मुलका केही युवाहरुको समूह प्रवेश गर्दै सिधैं मतपेटिका तोडफोड गर्न थालेपछि एक महिला यसरी चिच्चाउँदै थिइन्।
एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको हो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरुलव सिधैं मतपेटिका तोडफोड गरेको नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बताए।
घटनाका प्रत्यक्षदर्शी समेत रहेका पत्रकार शर्माले भने, ‘छेउको ढोकाबाट अचानक ४/५ जना युवाहरु सिधैं मतपेटिकातर्फ अघि बढे । त्यहाँ तरल पदार्थ के हाले । पानी वा केही हाले । कसैले मतपेटिका तोड्न शुरु गरे । मतपत्रहरु भुईँमा छताछुल्ल भयो। तबमात्र हामीलाई अब के हुँदैछ भन्ने थाहा भयो। बल्ल हामी एए भनेर उठ्न थाल्यौ।’
मतदाताहरु आउने मुख्य ढोकालाई प्रयोग नहुनु साथै छेउको ढोका खुल्ला राख्नु लापरबाही भएको भन्दै पत्रकार शर्माले शंकास्पद गतिविधि देखिएको बताए। शर्माले भने, ‘मतदान केन्द्रमा रहेको एक पक्ष मतपत्र बचाउनतर्फ लाग्यो अर्को पक्ष मतपत्र च्यात्नतर्फ लाग्यो। प्रत्यक्ष हेर्दा त्यहाँ यही दृश्य देखिन्थ्यो। निर्वाचन बिथोल्न र आक्रमणको लागि ती युवाहरुलाई प्रयोग गरिएको भन्नेमा कुनै शंका नै छैन।’
मतदान केन्द्रमा रहेका अधिकांश नेपालीहरु युवाहरु सो आक्रमणको प्रतीकारमा उत्रिएका थिए । पत्रकार शर्माका अनुसार सो क्रममा दुई जना नेपाली घाइते भएका छन् । कोषाध्यक्ष पदका उम्मेदवार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष शारदा अर्याललाई चोट लागेको हो। उनीहरुलाई उपाचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइए पनि २-३ घण्टापछि घर फर्किएका थिए।
मतपेटिका सुरक्षित छ, परामर्शपछि निर्णय लिन्छौ : निर्वाचन समिति
एनआरएनए आईसीसीका सह-कोषाध्यक्ष लोकप्रसाद दाहाल संयोजक रहेको निर्वाचन समितिले आईसीसी र उम्मेदवारहरुसँग परामर्शपछि निर्णय लिने जनाएको छ। घटनापछि एक विज्ञप्ति जारी गर्दै मतपत्रहरु एनआरएनए केन्द्रीय प्रतिनिधिहरु, एनआरएनए प्रतिनिधि र उम्मेदवारको रोहवरमा सात वटै केन्द्रको मतपेटिका सुरक्षित रहेको जनाएको छ ।
बुथ कब्जाको सिलसिलामा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी पूर्वउपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के.सी, निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण गरी घाइते बनाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘त्यस्तै उक्त घटना घट्दै गर्दा सो निन्दनीय कार्यको विरोध गर्दै उनीहरुलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लोकप्रसाद दाहाल र वर्तमान अध्यक्ष चित्र सुवेदीलाई समेत आक्रमण गरी कुटपिट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
अकस्मात आन्त्र्वोपेन क्षेत्रमाविदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भुईँमा छरपष्ट पार्दै बुथ कव्जा गरी मत पेटिका कब्जा गर्ने गरिएको निर्वाचन समितिले उल्लेख गरेको छ। ‘मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भुईँमा छिरोली बुथ कब्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनका सदस्य साथीहरुले त्यसको प्रतीकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सबै मटपत्रहरु सुरक्षित राख्दै पुन अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ,’ निर्वाचन समितिले जनाएको छ।
अध्यक्षकी उम्मेदवार प्रधान भन्छिन् – मतपत्रहरु सुरक्षित छैनन्
घटना लगत्तै घटनास्थलबाट नै फेसबुकमार्फत लाइभ गर्दै अध्यक्षकी प्रत्यासी अनुजा प्रधानले भने मतपत्रहरु सुरक्षित छन् भनिए पनि आफू विश्वस्त नभएको बताइन्। ‘आन्तोर्पेन बुथमा ब्यालेट बक्स फालिएको छ। मतपत्रहरु त्यहाँभित्र सुरक्षित छन् भनिए पनि म चाहिँ विश्वस्त छैन। किनकि त्यो ब्यालेट बक्समा साबुनपानी फ्याकिएको थियो। मैले त्यो आफ्नै आँखाले प्रत्यक्ष देखेकी हुँ,’ उनले भनिन्।
प्रधानले निर्वाचनलाई कसरी स्वीकृत दिने भन्ने कुरा आफैंमा द्विविधा भएको पनि बताइन् । उनले घटनाको जिम्मेवार अध्यक्षका अर्का प्रत्यासी सिपी भट्टमाथि इंकित गरिन् । ‘मलाई लाग्दैन यो प्रक्रिया अगाडि बढ्न स्वीकृत दिनुपर्छ । भट्ट दाइले आफैंले नैतिकताको आधारमा पनि यो निर्वाचनको प्रक्रियाबाट ब्याक हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रधानले भनिन्।
अर्का अध्यक्ष पदका उम्मेद्वार खड्कबहादुर केसीले पनि भट्टको निर्देशनमा मतदान प्रकृया बिथोल्ने काम भएको आरोप लगाएका छन् ।
यसैबीच प्रवासी नेपाली एकता मञ्च बेल्जियमका अध्यक्ष बोधराज पौड्यालले पनि विज्ञप्ति प्रकाशित गर्दै पाँच गठबन्धनका अध्यक्षका उम्मेदवार चेत प्रसाद भट्ट (सिपी) ले गरेको गुन्डागर्दी र तोडफोड गरेको आरोप लगाएका छन्।
बेल्जियम प्रहरीले घटनाको अनुसन्धान गर्दै
आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुटेजहरु बुझाइ सकिएको निर्वाचन समितिले जनाएको छ। ‘प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको छ । र, श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जानकारी यहाँहरुलाई गराउन चाहन्छौं ।’ समितिले विज्ञप्तिमार्फत भनेको छ ।
आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानूनी उपचारतर्फ जाने निर्वाचन समिति दृढ निर्णय र संकल्प रहेको समितिले जनाएको छ।
‘उक्त घटनाकै सिलसिलामा निर्वाचनमा संलग्न पक्षहरुमध्ये एक पक्षबाट आएको विज्ञिप्तिप्रति निर्वाचन समितिको गम्भीर ध्यानकर्षण भएको जानकारी गराउँदै अबको बाटो कानूनी बाटो नै भएकोले सम्वद्ध सबैलाई कानूनी उपचार र फैसालको प्रतीक्षा गर्न आग्रह गर्दछौं,’ समितिको विज्ञप्तिमा उल्लेख छ।
घटनाका प्रत्यक्षदर्शी पत्रकार शर्माका अनुसार दुई पटकसम्म स्थानीय प्रहरी घटनास्थल पुगेको थियो। तेस्रो पटक पनि आउनु परेमा ५० हजार युरोसम्म जरिमाना तिर्नुपर्ने चेतावनी प्रहरीले दिएको पत्रकार शर्माले बताए।
भट्टलाई उम्मेदवार बनाउने गठबन्धन भन्छन् – निर्वाचनमा चरम लापरबाही
विभिन्न पाँच वटा गठबन्धनको समर्थनमा अध्यक्षका साझा उम्मेदवार बनेका चेतप्रसाद भट्ट (सिपि) पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै आन्तोर्पेन बुथको घटना निन्दानीय भन्दै भर्त्सना गरेको छ ।
अर्को पक्षले घटनाको दोषी भट्ट पक्ष भन्दै आरोप लगाई रहेका बेला संयुक्त गठबन्धनले भने सदस्यता वितरण तथा नवीकरण समिति र निर्वाचन समितिका संयोजकको निष्पक्षतामाथि प्रश्न गर्दै घटनाको कारण उनीहरुनै रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘यो घट्ना घट्नुको कारण एनआरएन बेल्जियमको सदस्य वितरण तथा नवीकरण समितिको संयोजक तीर्थ धमलाको नियोजित चरम लापरबाही सदस्यता भैसकेको व्यक्तिहरुलाई पनि छानिछानी हटाउने । र निर्वाचन समितिको संयोजक लोक दाहाललगायतले एक पक्षीय नामको मात्रै रुझु गर्ने । भएको नाम पनि छिनछिनमै विभिन्न क्षेत्रमा पार्ने । यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिति पनि जिम्मेवार रहेको ठहर गर्दै निस्पक्ष छानबिनको गरियोस् भन्न चाहान्छौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटा, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष जित लामा, नेपाली सङ्घीय समाज बेल्जियमका महासचिव लोक राना र प्रवासी नेपाली एकता मञ्च बेल्जियमका अर्जुन दाहालको हस्ताक्षर रहेको छ ।

Nepal , United-states , Barcelona , Comunidad-autonoma-de-cataluna , Spain , Belgium , Khadka , Nepal-general- , Nepalese , Sita-sapkota , Sharada-aryal , Chet-prasad-bhatt

कोभिड उपचारका लागि सहयोग गर्न २७ देशका जनसम्पर्क समितिबाट उठ्यो १ करोड ३२ लाख


अनलाइनखबर
२०७८ असार १९ गते ७:०२ मा प्रकाशित प्रतिक्रिया
१९ असार, काठमाडौं । विश्वका विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरुले कोरोना रोकथाम एवं उपचारका लागि एक करोड ३२ लाख रुपैयाँ संकलन गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २ गते दिएको निर्देशन बमोजिम २७ देशमा रहेका जनसम्पर्क समितिहरूले सो रकम उठाएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले जानकारी दिए ।
नेपाली काँग्रेसले गठन गरेको कोभिड(१९ अनुगमन समितिका संयोजक डा प्रकाश शरण महतले गत जेठ १ गते जनसम्पर्क समन्वय समिति, सबै मुलुकका जनसम्पर्क समितिका अध्यक्षहरु र एनआरएनमा आबद्ध काँग्रेस निकटहरुसँग छलफल गरेका थिए । बैठकले संकलित रकमको समन्वय र संयोजन गर्ने जिम्मा आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका विष्टलाई दिएको थियो । बैठकमा केन्द्रीय सदस्य एन पी साउद र जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईसमेत सहभागी थिए ।
संकलित रकममध्ये सबैभन्दा धेरै जनसम्पर्क समिति अमेरिकाले ४८ लाख र सबैभन्दा कम नेपाली जनसम्पर्क समिति माल्टा र न्युजिल्याण्डले क्रमशः ५०र५० हजार रुपैयाँ संकलन भएको छ । नेपाली जनसम्पर्क समिति साइप्रसकी अध्यक्ष सीता अर्यालले अभियानको क्रममा उठेको १ करोड ३२ लाख ३४ हजार ७८३ रुपैयाँ पार्टीको बैंक खातामा जम्मा गरिसकिएको जानकारी दिइन् ।
कोभिड रोकथाम एवं उपचारको लागि जनसम्पर्क समितिबाट काँग्रेसको खातामा संकलन भएको रकम निम्नानुसार छ:
१. नेपाली जनसम्पर्क समिति,अमेरिका : रु. ४८,००,०००.००
२. नेपाली जनसम्पर्क समिति,जापान : रु. ११,६७,५०९.००
३. नेपाली जनसम्पर्क समिति,जर्मनी: रु. ८,०८,२१२.००
४. नेपाली जनसम्पर्क समिति,बेल्जियम: रु. ७,७५,०००.००
५. नेपाली जनसम्पर्क समिति,बेलायत: रु. ६,५५,०००.००
६. नेपाली जनसम्पर्क समिति, साइप्रस: रु. ५,४१,६६८.००
७. नेपाली जनसम्पर्क समिति,पोर्चुगल: रु. ४,५३,५३४.००
८. नेपाली जनसम्पर्क समिति,कोरिया: रु. ४,३९,६५५.००
९. नेपाली जनसम्पर्क समिति, हङकङग: रु. ४,२२,६२३.००
१०. नेपाली जनसम्पर्क समिति, कतार: रु. ३,५०,०००.००
११. नेपाली जनसम्पर्क समिति,युएइ: रु. ३,५०,०००.००
१२. नेपाली जनसम्पर्क समिति,डेनमार्क: रु. ३,२७,२२७.५५
१३. नेपाली जनसम्पर्क समिति, स्पेन: रु. २,६२,०३२.००
१४. नेपाली जनसम्पर्क समिति,अष्ट्रेलिया: रु. २,३२,३२३.००
१५. नेपाली जनसम्पर्क समिति,नर्वे: रु. २,१५,०००.००
१६. नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड: रु. २,००,०००.००
१७. नेपाली जनसम्पर्क समिति,क्यानडा: रु. २,००,०००.००
१८. नेपाली जनसम्पर्क समिति,साउदी अरब: रु. २,००,०००.००
१९. नेपाली जनसम्पर्क समिति,कुबेत: रु. १,५०,०००.००
२०. नेपाली जनसम्पर्क समिति,बहराइन: रु. १,१५,०००.००
२१. नेपाली जनसम्पर्क समिति,इजरायल: रु. १,००,०००.००
२२. नेपाली जनसम्पर्क समिति,मलेशिया: रु. १,००,०००.००
२३. नेपाली जनसम्पर्क समिति,फ्रान्स: रु. १,००,०००.००
२४. नेपाली जनसम्पर्क समिति,ओमन: रु. १,००,०००.००
२५. नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु. १,००,०००.००
२६. नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्ड: रु. ५०,०००.००
२७. नेपाली जनसम्पर्क समिति,माल्टा: रु. ५०,०००.००

Germany , Qatar , Malaysia , Australia , Kathmandu , Bagmati , Nepal , Japan , Denmark , United-kingdom , Belgium , Portugal

काँग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी

काँग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Nepal , Prakash-mahat , District-committee , Nepali-public-relations-committee , Sher-central-committee , He-public-relations-committee , Oxygen-health , Oxygen-public-hospital , Location-oxygen , Local-public-hospital , President-sher-central-committee , Country-district

एनआरएनए स्पेनको सातौँ अधिवेशन : नेतृत्वमा तीन जनाको दाबी

एनआरएनए स्पेनको सातौँ अधिवेशन : नेतृत्वमा तीन जनाको दाबी
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Barcelona , Comunidad-autonoma-de-cataluna , Spain , Nepal , Nepalese , Dinesh-gurung , He-center , Nepali-public-relations-committee , Ngos-union , Sharma-overseas-nepali-forum , Union-current , We-center

पोर्चुगलमा नेपाली ठग्नेलाई कारवाही गर्न माग

पोर्चुगलमा नेपाली ठग्नेलाई कारवाही गर्न माग
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Hawaii , United-states , Portugal , Chandra-acharya , Nepali-public-relations-committee , Nepali-forum , Lakshmi-travel-agency , Non-resident-nepali-association , Nepali-the-non-resident-association , Overseas-nepali-forum , Overseas-nepali , Nepali-front

एनआरएनए पोल्याण्डको वार्षिक साधारण सभा सम्पन्न

एनआरएनए पोल्याण्डको वार्षिक साधारण सभा सम्पन्न
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Gulmi , Nepal-general , Nepal , Nepalese , Narayan-acharya , King-sapkota , Rita-neupane , Gopal-rai , Nepali-public-relations-committee , Central-committee-his-main-point , Nepali-professional-union , I-institution-it

नेविसंघसहित ११ भ्रातृ संगठनको म्याद ६ महिना थप

नेविसंघसहित ११ भ्रातृ संगठनको म्याद ६ महिना थप
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Saudi-arabia , Qatar , Malaysia , Kathmandu , Bagmati , Nepal , Nepalese , Saudi , Saudi-public-relations-committee , Nepali-public-relations-committee , National-democratic