डिभिजन वन कार्यालयले वर , पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका त्यस्ता रुख मासिन थालेपछि कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको जनाएको छ ।
वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई हराभरा राख्न ठूलो टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुल्ला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । धेरै मात्रामा वर, पीपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रम समेत रोकिने कार्यालयको दाबी छ । वर पीपलको फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्नबालीमा कम क्षति हुने कार्यालयका प्रमुख विष्णुप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै वर्ष पुराना वर, पीपलका रूखहरु मासिँदै गएका छन् ।