vimarsana.com

नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७७/७८ को ‘वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । यो प्रतिवेदनले अर्थतन्त्रका केही सूचक सकारात्मक देखाए पनि समग्र स्थिति उत्साहजनक छैन ।
आ.व. २०७७/७८ मा आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हासिल हुने अनुमान राष्ट्र बैङ्कको छ । अघिल्लो आ.व.को २.०९ प्रतिशतले ऋणात्मक रहेको आर्थिक वृद्धिदर र त्यसअघिका उच्च दरका सन्दर्भमा यही दरलाई उपलब्धि मान्न सकिन्न । आ.व. २०७३/७४ मा ८.६ प्रतिशत र २०७४/७५ मा ७.४ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो । राजनीतिक स्थायित्वको अपेक्षा, विद्युत् आपूर्ति सहज, भूकम्पपछिको पुनर्निर्माण, कृषि उत्पादनमा वृद्धि, पर्यटन क्षेत्रको वृद्धि र बढ्दो आर्थिक गतिविधिका कारण उच्च आर्थिक वृद्धिदर हासिल भएको थियो । त्यसपछि आएको बलियो सरकारले यो वृद्धिदरलाई निरन्तरता दिन सकेन । आर्थिक वृद्धिदर ओरालो लाग्नुमा कोरोना महामारीलाई दोष दिन सकिने भए पनि अर्थतन्त्रका विद्यमान समस्या समाधानतर्फ ध्यान पुग्न सकेको देखिँदैन । मुद्रास्फीति दर भने दुई दशकयताकै कम अर्थात् ३.६ प्रतिशत कायम भएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

Related Keywords

Nepal , , Country Current , June Current , Foreign Business ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.