vimarsana.com

நாராயண் கிமிர் கட்மாண்டு News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा

पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडौँ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.