महिला लाभान्वित हुने मौद्रीक नीति ल्याउन आग्रह : vimarsana.com

महिला लाभान्वित हुने मौद्रीक नीति ल्याउन आग्रह

लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई भेटेर सङ्घको टोलीले कोरोना प्रभावितहरूका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेको छ । सङ्घका अध्यक्ष जगत पोखरेलको नेतृत्वमा गएको टोलीले लघुवित्त वित्तिय संस्थाहरूलाई दिएको राहतले ग्रामीण क्षेत्रका न्यून आएका भएका महिला लाभान्वित हुने भएकाले उनीहरूलाई सम्झेर राहतमा उदारता देखाउन आग्रह गरेको थियो ।    
    
सङ्घको टोलीले बुझाएको ज्ञापनपत्रमा कोरोनाभाइरसको महामारीबाट अति प्रभावित ऋणी ग्राहकको ब्याज अनुदान दिनुपर्ने, वचतकर्ता समूह सदस्यहरूको व्याज आयमा कर छुट गर्नुपर्ने, सरकारले उपलव्ध गराउने राहत प्याकेज लघुवित्त प्रदायक सस्थामार्फत उपलब्ध गराउनु उपयुक्त हुनेलगायत सुझाव उल्लेख गरिएको छ । राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमार्फत आफ्ना मागहरू सम्बोधन गराउन अर्थ सचिव ढुङ्गानालाई ज्ञापनपत्र बुझाइएको सङ्घकी उपाध्यक्ष भगवती चौधरीले जानकारी दिनुभयो ।    

Related Keywords

Kathmandu , Bagmati , Nepal , Robin Pokharel , Sanita Shah , Bhagwati Chaudhary , Association Nepal , Ministry Secretary , Vice President Bhagwati Chaudhary , East Secretary , Secretary Dhungana , Social Fund , கட்மாண்டு , பாக்மாடி , நேபால் , அனிதா ஷா , பகவதி ச Ud த்ரி , சங்கம் நேபால் , அமைச்சகம் செயலாளர் , கிழக்கு செயலாளர் , செயலாளர் துங்கனா , சமூக நிதி ,

© 2024 Vimarsana