काठमाडौँ &#x

काठमाडौँ महानगर विशेष अस्पतालको योजना

काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचारका लागि विशिष्टीकृत अस्पताल बनाउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्दै महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचारका लागि एक सय शøयाको विशिष्टीकृत ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने जनाएको हो । अस्पतालको सञ्चालन तथा व्यवस्थापन स्वायत्त संरचना वा सहकार्यबाट गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत महानगरवासीको बीमा शुुल्कको ५० प्रतिशत अनुदान दिने उल्लेख छ । विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा तथा स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Kathmandu Valley , Nepal General , Mahadev Parvati Temple , Region As Development , Center Construction , Ward Office , Service Free , Nagendra Sapkota Kathmandu , Kathmandu Metropolitan Senior , Specialized Hospital , Thursday Public , Metropolitan Senior , Specialized Kathmandu , Hospital Construction , Shakya Public , Station Construction , Hanuman Palace , Shrestha River Green , Public Private , கட்மாண்டு , பாக்மாடி , நேபால் , கட்மாண்டு பள்ளத்தாக்கு , நேபால் ஜநரல் , மையம் கட்டுமானம் , வார்டு அலுவலகம் , சேவை இலவசம் , சிறப்பு மருத்துவமனை , வியாழன் பொது , பெருநகர மூத்தவர் , மருத்துவமனை கட்டுமானம் , நிலையம் கட்டுமானம் , பொது ப்ரைவேட் ,

© 2025 Vimarsana