भन्सारबा

भन्सारबाट छुटेको गाडीको दर्ता भेटिएन,सामान राजस्वको नियन्त्रणमा


भन्सारबाट छुटेको गाडीको दर्ता भेटिएन,सामान राजस्वको नियन्त्रणमा
  
शेयर गर्नुहोस:
नवराज कट्टेल
विराटनगर, साउन ५ गते । सरकारले मालवस्तुको ढुवानीमा राजस्व चुवाहट रोक्न मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’मा सवारीको दर्ता नै नगर्ने गरेको पाइएको छ ।
विराटनगर भन्सार कार्यालयबाट न्यून मूल्याङ्कनमा जाँचपास भइसकेको दुई ट्याक्टर सामान भन्सार छली गरेको आशङ्का गर्दै राजस्वले नियन्त्रणमा लिएपछि उक्त सवारी साधन र सामान भीसीटीएसमा प्रविष्ट गरेको नभेटिएको हो ।
राजस्व अनुसन्धान विभागले भीसीटीएसको अनुगमन र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ । एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने वस्तुको विवरण राजस्वको केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ तर आइतबार राति १० बजे राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीले नियन्त्रणमा लिएका दुईवटा ट्याक्टर र सामानको विवरण प्रविष्ट नगरेको पाइएको थियो । भन्सार बिन्दुमा न्यून मूल्याङ्कनमा जाँचपास गरिएको कपडा, मिलमेसिन गरी, पाइपसमेत रहेका दुईवटा गाडीकै विवरण भीसीटीएसमा नभेटिएको हो । संस्थागत मिलेमतो देखियो, राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका प्रमुख दीपक खड्काले भन्नुभयो, “व्यवसायी आफैँले प्रविष्ट गर्नुपर्ने हो । नत्र भन्सार बिन्दुमा भन्सार कार्यालयले गराउनुपर्ने थियो ।”
सामान भन्सार परिसरबाट बाहिर निस्किसकेपछि राजस्व एकाइ, भन्सार राजस्व गस्ती र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रमुख खड्काका अनुसार भारतीय नम्बर प्लेटको बीआर ५० जी ५०५३ र को १ त ६८११ नम्बरको ट्याक्टर भन्सार बिन्दुमा जाँचपासपछि छुटेको थियो । त्यस क्रममा भन्सार कार्यालयबाट मुख्य राजमार्गसम्म आउने आईसीपी सडक खण्डमा गाडी नियन्त्रणमा परेको खड्काले जानकारी दिनुभयो ।
सामानमा प्रतिएकाइ मूल्य अङ्कित स्टिकर स्पष्ट भए पनि भन्सार कार्यालयले एक सय रुपियाँको मूल्याङ्कनमा मात्रै कपडा छोडेको पाइएको छ । दुईवटा ट्याक्टरमध्ये एउटाको मात्रै प्रज्ञापनपत्रमा सामान छुटेको थियो । सामान छुट्दा जाँचपास अधिकृत (नासु) राजेन्द्र ढुङ्गानाको उपस्थिति रहेको थियो ।
कपडा भनेर न्यून भन्सार जाँचपासमा गरिएको ट्याक्टरभित्र कपडाले छोपेर मेसिनरी, पाइप रहेको प्रमुख खड्काले दाबी गर्नुभयो । भारतीय कम्पनीका कपडामा ३७९, ४५० र ५९९ रुपियाँ मूल्य अङ्कित स्टिकर टाँसिए पनि एक सय रुपियाँ मात्रै मूल्याङ्कन गरिएको पाइएको छ ।
विराटनगर–६, सरोचियास्थित अली ट्रेडर्सका अकबर अलीले आयात गरेका दुई ट्याक्टर सामानको भन्सार बिन्दुमा एक लाख २२ हजार रुपियाँ मात्रै महसुल बुझाइएको छ । राजस्व अनुसन्धानले नियोजित रूपमा भन्सार प्रशासनको समेत संलग्नतामा सामान भिœयाइएको आशङ्का गरेको छ ।
नियन्त्रणमा लिइएको ट्याक्टरसहितको सामानको विषयमा राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको छ । व्यवसायी अलीले भने विपक्षीले बेकारमा दुःख मात्रै दिएको आरोप लगाउनुभयो ।
तर भन्सार कार्यालय विराटनगरका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले संलग्नता पुष्टि भएको अवस्थामा कर्मचारीको छानबिन गरिने दाबी गर्नुभयो । यसअघि समेत अलीले भन्सार छलेर भण्डारण गरिएको १० लाख बराबरको कपडा नेपाल प्रहरीले गोदामबाटै बरामद गरेको थियो । त्यसबाहेक राजकुमार रौनियारले भन्सार छलेर भिœयाएको ५६ लाख बराबरको सामानसमेत पक्राउ परेको थियो । अली र रौनियार विराटनगरका व्यापारीसँगै भन्सार एजेन्टका प्रतिनिधि भएर भन्सार क्षेत्रमा काम गर्दै आएका छन् ।
विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष निर्धारित लक्ष्यको १२ प्रतिशत न्यून राजस्व सङ्कलन गरेको थियो । भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले भने न्यून भन्सार राजस्व असुलीसँग कम मूल्याङ्कनको एउटा घटनालाई जोड्न नमिल्ने बताउनुभयो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Nepal , Khadka , Nepal General , Itahari , Nava Bhogendra Biratnagar , Rajendra Dhungana , Santosh Yadav , Office Itahari , Biratnagar Customs Office , Office Itaharir Start , Hr Department , Customs Office , Customs Office Biratnagar , Customs Point Office , Customs Office Main , After The , Customs Point , Customs Point Missing , Failed Khadka , Prince Customs , Biratnagar Customs Representative , நேபால் , கட்கா , ஈதாஹாரி , ராஜேந்திரா துங்கனா , சந்தோஷ் யாதவ் , பிரதணகர் சுங்க அலுவலகம் , ர் துறை , சுங்க அலுவலகம் ,

© 2025 Vimarsana