कर्णाली र&#x

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल


कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल
  
शेयर गर्नुहोस:
भउचप्रसाद यादव
काठमाडौँ, साउन १० गते । कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।
सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।
महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् । ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब ४३ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल दुई लेनका छन् ।
तीला खोलाबाहेकका पुलको निर्माण २०७४ को जेठदेखि निर्माण सुरु भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् । तीला खोलाको पुल निर्माणका लागि २०७५ मा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । एक दशकअघि २०६३ साल चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कुल लम्बाइ २३२ किलोमिटर रहेको छ ।
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त राजमार्गको सुर्खेत–जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि एक हजार पाँच सय नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Kalikot , Nepal General , Nepal , Karnali , Surkhet , , Construction Company , Yadav Kathmandu , Bridge Construction , Department General Thapa Karnali , West Nepal Magar , Karnali Highway , General Thapa , River Bridge Construction , காளிகோட் , நேபால் , கர்னாலி , கட்டுமானம் நிறுவனம் , பாலம் கட்டுமானம் , கர்னாலி நெடுஞ்சாலை , ஜநரல் தாபா , நதி பாலம் கட்டுமானம் ,

© 2025 Vimarsana