सुरक्षित &#x

सुरक्षित &#x

सुरक्षित आवास राज्यको दायित्व (सम्पादकीय)


सुरक्षित आवास राज्यको दायित्व (सम्पादकीय)
  
शेयर गर्नुहोस:
बागमती नदी किनारलगायत उपत्यकाका अव्यवस्थित रूपमा बसोवास गरिरहेका सुकुम्बासी र सहरी गरिबका लागि भनेर काठमाडौँको इचङ्गुनारायणमा ‘अपार्टमेन्ट’ निर्माण गरिएको छ । निर्माण सम्पन्न भइसके पनि यी ‘अपार्टमेन्ट’मा अहिले लक्षित परिवार बस्न पाएका छैनन् भने विभिन्न संस्था र निकायले ओगटेका छन् ।
राजधानी सहरका सुकुम्बासीलाई सुरक्षित र व्यवस्थित बसोवास गराउन २०६८ सालमा ‘अपार्टमेन्ट’ निर्माणको सोच आएको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उपत्यकाका सडक फराकिलो बनाउने क्रममा सडक र नदी किनारमा अव्यवस्थित बसोवास गरिरहेका परिवारलाई हटाइएपछि उनीहरूकै लागि यो अपार्टमेन्ट परियोजना अगाडि बढाइएको थियो । त्यसबेला सुकुम्बासी र न्यून आय भएका परिवारलाई पुनस्र्थापना र व्यवस्थित बसोवासको व्यवस्था मिलाउने लक्ष्यसहित निर्माण सुरु गरिएका यी अपार्टमेन्ट भवन २०७१ को अन्त्यतिर तयार भएका हुन् । यसमा झण्डै १५ करोड रुपियाँ खर्च भएको छ । यहाँ अहिले छ वटा भवन निर्माण भएका छन् । करिब छ रोपनी क्षेत्रफलमा बनेका यी भवन पाँचतले छन् र प्रत्येक अपार्टमेन्टमा एउटा परिवारका आधारभूत आवश्यकता पूरा हुने गरी शयन कक्ष, भान्साकोठा, बैठक कोठा र शौचालयसहितको सुविधा छ । निर्माण सम्पन्न भएको सात वर्षसम्म पनि लक्षित वर्गलाई बस्न नदिएपछि अहिले ती भवनको स्याहारसम्भार हुन सकेको छैन । यी भवनलाई नागार्जुन नगरपालिकाले दाबी गर्दै आएको छ भने भवनका केही भाग नगरपालिकासहित विभिन्न संस्थाले प्रयोग गरिरहेका छन् ।
यी भवन निर्माण सम्पन्न भएको सात वर्ष बितिसकेको छ । तर यी भवनमा कसलाई कसरी बसोवास गराउने भन्ने विषयमा नै सम्बद्ध निकाय सहरी विकास मन्त्रालयले स्पष्ट मापदण्ड बनाउन ढिलाइ गरिरहेको छ । सुकुम्बासी तथा सहरी गरिबको पहिचान हुन नसकेका कारण उद्देश्यअनुसार भवन प्रयोगमा आउन नसकेको हो । यी भवन निर्माण सुरु गरेको समयमा सुकुम्बासी र गरिब परिवारसँग निवेदनसमेत माग गरिएको थियो । तर भवन निर्माण भइसक्दा सुन्दर र सुविधासम्पन्न भएपछि धेरैले आँखा गाड्न थालेको देखिन्छ । सुकुम्बासी र आवासविहीनका लागि भूमि तथा आवासको व्यवस्था गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा रहँदै आएको छ । यसकै लागि मुलुकभरि नै सुकुम्बासी र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । अधिकांश जिल्लामा सुकुम्बासी र गरिब परिवारको पहिचान भई परिचयपत्रसमेत दिइसक्दासमेत उपत्यकामा ढिलाइ हुनु र ‘अपार्टमेन्ट’ मा बसोवास गर्न योग्य व्यक्तिको पहिचान गर्न नसक्नु कुनै दृष्टिमा पनि सही छैन । यो ढिलाइले आवासको आवश्यकता भएका व्यक्तिले आवास सुविधा उपभोग गर्न पाएका छैनन् भने उपत्यकाका नदी किनारबाट ती सुकुम्बासी नहटाउँदा नदी करिडोर सडक निर्माणमा अवरोध हुने गरेको छ । तिनै समूहका मानिस बसोवास गरिरहेका थापाथली, विष्णुमती, मनोहरा क्षेत्रमा सुकुम्बासी बस्तीको कारण करिडोर निर्माण अगाडि बढ्न सकेको छैन ।
नेपालको संविधानले नै नागरिकको आवासको हक प्रत्याभूत गरेको छ । नागरिकको सुरक्षित आवासको संवैधानिक हक सुनिश्चित गर्न आवासको अधिकारसम्बन्धी ऐन, २०७५ लागू भइसकेको छ । यसबमोजिम मुलुकभरका भूमिहीन, आवासविहीन नागरिकलाई न्यूनतम सुविधासहितको सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व हो । यसका लागि अबको दुई वर्षमा २० लाख आवास एकाई निर्माण गर्नुपर्ने आवश्यकता छ । विपन्न, लोपोन्मुख तथा सीमान्तकृत वर्गका करिब चार लाख परिवारलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित आवास दिने प्रयास पनि भइरहेको छ । तर सबैलाई सुरक्षित आवास दिने राज्यको दायित्व निकट भविष्यमा पूरा हुन धेरै चुनौती छन् । इचङ्गुनारायणमा निर्माण गरिएको ‘अपार्टमेन्ट’ लक्षित उपत्यकाका सुकुम्बासी र न्यून आय भएका परिवारलाई उपलब्ध गराउन ढिलाइ गर्नुहुन्न । यो सहरी विकासलाई दिगो, व्यवस्थित बनाउने एउटा प्रयास हो । यसले सुरक्षित आवासको आवश्यकता भएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने मात्रै नभई सुन्दर, सभ्य र व्यवस्थित सहर निर्माणमा सहयोग पनि गर्छ ।
 
यो पनि हेर्नुहोस्

Related Keywords

Kathmandu, Bagmati, Nepal, , Development Ministry, Bagmati River Valley, Prime Minister, River Shore, Construction Start, Building Construction, Building Nagarjuna, Urban Development Ministry, Building Construction Start, Valley River, Nepal Constitution, கட்மாண்டு, பாக்மாடி, நேபால், வளர்ச்சி அமைச்சகம், ப்ரைம் அமைச்சர், நதி கரை, கட்டுமானம் தொடங்கு, கட்டிடம் கட்டுமானம், நகர்ப்புற வளர்ச்சி அமைச்சகம், பள்ளத்தாக்கு நதி, நேபால் அரசியலமைப்பு,