सूर्यविन

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण


सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण
  
शेयर गर्नुहोस:
भक्तपुर, साउन २० गते । कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानहरुको अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, ओपीडी, जनरल वार्ड, अक्सिजन प्लान्टलगायत संरचनाको निर्माणको अवस्थाको अवलोकन गर्दै जतिसक्दो छिटो काम सक्न निर्देशन दिनुभयो ।
नगरप्रमुख थापाले भन्नुभयो, “नगरपालिकाको रु पाँच करोडको लागतमा अस्पतालको भवन निर्माण भएर सञ्चालनको तयारीमा जुटेका छौँ, अस्पताल जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक मेशिनहरुको बोलपत्र आह्वान भएको छ, मेशिनहरु आएर जडान भएर अक्सिजन प्लान्ट स्थापना गरी उत्पादन सुरु लगत्तै अस्पतालको सेवा सञ्चालनमा ल्याउँछौँ ।”
आगामी असोज १ गते अस्पताल उद्घाटन गरेर सेवा सञ्चालन गरी सेवा पुनः सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो । अस्पतालमा आईसीयू, एचडीयू, भेन्टिलेटर र जनरल वार्ड गरी सुरुमा २५ शय्या सञ्चालन गर्ने र कोरोनालगायत अन्य बिरामी सङ्ख्या बढेमा सरकारसँग स्वीकृति लिई ५० शय्या पु¥याउने गरी तयारी गरिएको नगर प्रमुख थापाले बताउनुभयो । उहाँले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको र आफ्नो इच्छा साकार भएको बताउनुभयो ।
सूर्यविनायक–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले अस्पतालमा सांसद महेश बस्नेतको सांसद विकास कोष र नगरपालिकाको बजेटमा अस्पताल निर्माण भएको बताउनुभयो । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद बस्नेतको पहलमा सरकारले रु. ७५ लाख बजेटको व्यवस्था गरेको जानकारी दिँदै सापकोटाले यस अस्पताललाई आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि सांसद बस्नेतले रु. एक करोड ५० लाख बजेटको व्यवस्था गरेको बताउनुभयो ।
अस्पतालको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नवीन प्रजापतिले भवन निर्माणलगायतको भौतिक निर्माण सम्पन्न भएको बताउँदै थप भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो । नगरपालिकाले अहिले पनि वडा नं ५ दधिकोटमा १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ । जगातीमा अस्पताल सञ्चालनमा आएपछि दधिकोटको अस्पताललाई पनि यहीँ विलय गरेर दधिकोटमा स्वास्थ्य चौकी कायम गरिने भएको छ । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
शिवकुमार भट्टराई
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Bhaktapur , Nepal General , Nepal , , Hospital Building Construction Consumer Committee , Hospital Service , Hospital Construction , Hospital Building Construction , Building Construction , Vasudeva Thapa Construction , General Ward , Oxygen Plant , Ravindra Sapkota Hospital , Hospital Construction The , Hospital Oxygen Plant , New Building , After Hospital , Health Post , பக்தபூர் , நேபால் , மருத்துவமனை சேவை , மருத்துவமனை கட்டுமானம் , கட்டிடம் கட்டுமானம் , ஜநரல் வார்டு , ஆக்ஸிஜந் ஆலை , புதியது கட்டிடம் , ஆரோக்கியம் போஸ்ட் ,

© 2025 Vimarsana