चोरी सिका&#x

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी


चोरी सिकार रोक्न पाइलटमाथि निगरानी
  
शेयर गर्नुहोस:
लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, साउन २१ गते । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।
विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ । उद्धारका लागि हेलिकप्टर उडान गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट अनुमति लिई रहनु नपर्ने र उडान गर्न सहज हुने भएकाले उद्धारका नाउँमा यस्ता खालका गतिविधि सञ्चालन हुने गरेका देखिएका छन् ।
कतिपय अवस्थामा स्थानीय प्रशासनबाट उडान अनुमति लिएर उडान भरेका हेलिकप्टरका गतिविधि पनि शङ्कास्पद देखिन थालेकाले नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भन्नुभयो–“हेलिकप्टर आकाशमा उडान गर्ने साधन भएकाले त्यो साधनमा को मान्छे चढेका छन् ? के सामान बोकेका छन् ? भन्नेलगायतका विषयमा जाँच गर्न मुस्किल देखिएकाले हेलिकप्टरमा हुने गतिविधिमा निगरानी राख्न आवश्यक भएको हो ।”
हाल सो निकुञ्जले उडान भर्दा नेपाली चालकले एक हजार, सार्क मुलुकको चालकले एक हजार पाँच सय रुपियाँ र अन्य मुलुकका चालकले निकुञ्जभित्र एक पटक उडान भर्दा वा बस्दा शुल्क तिर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ । निकुञ्जभित्र कति हेलिकप्टर उडे, कुन क्षेत्रमा उडे र ती हेलिकप्टरले के गतिविधि सञ्चालन गरे भन्नेबारे जानकारी राख्नका लागि यस्तो व्यवस्था गरिएको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगको चोरी सिकार तथा तस्करी बढी हुने गरेको छ । गत दुई वर्षयता यहाँ पासोमा पारेर दुई दर्जनभन्दा बढी कस्तुरीको बिना सिकारीले लगेको थियो ।
दुईवटा घटनामा यति ठूलो सङ्ख्यामा कस्तुरीलाई चोरी सिकारीले मारेको सम्भवतः पहिलो घटना मानिएको छ । यस निकुञ्जमा कस्तुरी मृग, डाँफे, झारल, घोरललगायतका वन्यजन्तु बढी चोरी सिकारी हुने गरेको छ ।
प्रमुख संरक्षण अधिकृत उपाध्यायले भन्नुभयो, “यहाँ भएका गतिविधि निकै शङ्कास्पद देखिन्छन् । बिरामी परेका, अप्ठ्यारोमा परेका व्यक्तिको उद्धारका लागि हेलिकप्टरले उडान भरेको भनिन्छ । उद्धार गरेर ल्याएको व्यक्ति लुक्ला विमानस्थलमा ओर्लेपछि ठमठम हिँडेर जान्छन् । उद्धार गर्न त मेडिकल टोली पनि जानुपर्ने हो । त्यहाँ त न मेडिकल टोली हुन्छ, न उद्धार गरिएका मान्छे बिरामीजस्तै नै देखिँदैनन् ।
गत वर्ष शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र उडान भरेको हेलिकप्टरबाट वन्यजन्तुको सुकुटी बरामद भएर अदालतमा मुद्दासमेत चलेको थियो । सो घटनामा तत्कालीन स्थानीय प्रशासनको समेत संलग्नता रहेको बताइएको छ ।
त्यसैगरी गृह मन्त्रालयको अनुमति लिएर २०७७ साल पुसको अन्तिम साता भारतीय सञ्चारमाध्यम जी न्युजका समाचारदाता सुधीर चौधरी कालापत्थर पुगेर सगरमाथाका बारेमा विवादास्पद रिपोर्टिङ गरेका थिए । नेपालको विद्यमान ऐन, कानुनअनुसार भारतीय पत्रकार चौधरीको टोली सगरमाथा प्रवेश गरेको कुराको जानकारी सगरमाथा राष्ट्रिय निकुञ्जको अधिकारीहरूले पाउनुपर्ने हो तर पत्तो नदिई प्रवेश गरेको देखियो ।
सगरमाथा राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र (कोर एरिया)मा एक दर्जन जति बस्ती रहेका छन् । ती बस्तीमा आवतजावतका लागि हेलिकप्टरको प्रयोग हुने गर्छ । विशेष गरी कालापत्थरबाट सगरमाथाको सुन्दर दृश्य नियाल्न सकिने भएकाले विदेशी तथा स्वदेशी पर्यटकहरूले सो स्थानसम्म बढीजसो हेलिकप्टर प्रयोग गर्ने गरेका छन् ।
प्रमुख संरक्षण अधिकृत उपाध्यायले भन्नुभयो, हेलिकप्टर उडान रोक्न सकिने अवस्था पनि छैन । त्यसैले नियमन र निगरानी राखेर संरक्षणविरुद्ध हुने गतिविधिलाई नियन्त्रण गर्न सकिन्छ ।
हेलिकप्टर उडानले वन्यजन्तुको चोरी तस्करीमा शङ्कास्पद काम हुन थालेपछि सोलुखुम्बु जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकले समेत हेलिकप्टरका गतिविधि नियमन गर्नुपर्ने निर्णय गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीले यस्ता गतिविधि नियन्त्रण गर्न निकुञ्ज कार्यालयबाट आवश्यक रूपमा नियमन गर्न सक्ने व्यवस्था गरिएको छ । यो निकुञ्जमा विभिन्न १० वटा कम्पनीका ३० वटा हेलिकप्टरले उडान भर्ने गरेका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
शिवकुमार भट्टराई
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

Nepal , Solukhumbu , Nepal General , Sagarmatha , , Everest National Park , Everest National , Sagarmatha National Park Office , Park Office , Home Ministry , Mountain National Park , National Park , Laxmi Upadhyay Kathmandu , Park Hart , Wildlife More , நேபால் , சாகர்மாத , எவரெஸ்ட் தேசிய பூங்கா , எவரெஸ்ட் தேசிய , பூங்கா அலுவலகம் , வீடு அமைச்சகம் , மலை தேசிய பூங்கா , தேசிய பூங்கா ,

© 2025 Vimarsana