दार्चुला

दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै

दार्चुलामा दुई हप्ताको अवधिमा १२ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । आठ महिला र चार पुरुष गरी १२ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो ।

दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन, उहाँले भन्नुभयो, साउन १३ गतेयता १२ जनामा स्क्रब टाइफस देखिएको छ । हाल संक्रमितमध्ये ११ जनालाई उपचारपछि घर पठाइएको छ, भने एकजनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको भट्टले बताउनुभयो । स्क्रब टाइफसको सङ्क्रमण महिलाहरुमा बढी देखिएको छ । गत वर्ष दार्चुलामा ३४ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये २५ जना महिला रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

Related Keywords

Mahakali , Nepal , Niaz Ansari , Lokendra Joshi Darchula , , Lokendra Joshi Darchula The , District Hospital , Local Mahakali , மஹாகலி , நேபால் , மாவட்டம் மருத்துவமனை ,

© 2025 Vimarsana