मौद्रिक न&#x

मौद्रिक नीति सकारात्मक

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने जनाएको छ ।
महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले गत आर्थिक वर्षमा दिएका पुनर्कर्जा, पुनर्संरचना तथा पुनर्तालिकीकरणलगायतका सुुविधालाई नै निरन्तरता दिइएकाले त्यसले आर्थिक तथा औद्योगिक पुनरुत्थानमा सहयोग पुुग्ने अपेक्षा गर्न सकिने जनाएको छ । एक करोडभन्दा कमको ऋण लिने साना तथा मझौला उद्यमीलाई आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्नसक्ने व्यवस्थाले उद्यमीलाई कर्जासम्मको पहुँच सहज बनाउने महासङ्घको अपेक्षा छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपातसम्बन्धी व्यवस्था खारेज गर्ने व्यवस्थाले बजारमा तरलता प्रवाह बढ्ने विश्वास महासङ्घको छ । यद्यपि चालू आर्थिक वर्षमा तरलतामा चाप पर्ने देखिएकाले तरलता व्यवस्थापन गर्न महासङ्घ नेपाल राष्ट्र बैङ्कलाई सुुझाएको छ ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , , Admin To Federation Nepal , Commerce Federation Nepal , Friday Public , Law Access , Law Market , Federation Nepal , கட்மாண்டு , பாக்மாடி , நேபால் , சட்டம் நுழைவு , சட்டம் சந்தை , கூட்டமைப்பு நேபால் ,

© 2025 Vimarsana