आगामी दुई महिनाभित्र मोबाइल प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्नुपर्ने भएको छ । अवैधमोबाइल नियन्त्रणका लागि सरकारले कार्यान्वयनमा ल्याउने तयारी गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को प्रयोगलाई व्यवस्थित गर्न मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र मोबाइल आयातकर्ता सङ्घका प्रतिनिधिसमेत रहेको उक्त बैठकले दुई महिनाभित्र मोबाइल दर्ता गराउन प्रयोगकर्तालाई एसएमएस पठाउने निर्णय पनि गरेको छ ।