थपिँदै भा&#x

थपिँदै भाइरल ज्वरोका बिरामी

जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला अस्पतालमा पनि पछिल्लो दुईहप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीले बताउनुभयो । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामीमा भाइरल ज्वरोको समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो ।

Related Keywords

Dipayal , Nepal General , Nepal , Krishna Joshi , Mukesh Yadav , Health Lokendra Bohara , Hospital Dipayal , Likewise District Hospital , Hospital Medical , Private Medical , Mukesh Medical , Urban Region Hospital , நேபால் , கிருஷ்ணா ஜோஷி , முகேஷ் யாதவ் , இதேபோல் மாவட்டம் மருத்துவமனை , மருத்துவமனை மருத்துவ , ப்ரைவேட் மருத்துவ , முகேஷ் மருத்துவ , நகர்ப்புற பகுதி மருத்துவமனை ,

© 2025 Vimarsana