काँग्रेस &#x

काँग्रेस नेता गिरिको भारतमा उपचार हुँदै

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पताल भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जानकारी दिएको छ ।

घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरि उपचारका लागि मुम्बई जानुभएको हो । उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जानुभएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरिबीच उपचारबारे सल्लाह भएको उहाँले बताउनुभयो । उपसभापति निधि काठमाडौँबाट जनकपुर हुँदै मुम्बई जानुभएको हो । “शुक्रबार निधिले गिरिलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भन्नुभयो ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Mumbai , Maharashtra , India , Ramji Dahal , Asher Fund , Fund Kathmandu Janakpur , His Health , Pradeep India Mumbai , President Sher Fund , Advisor Ramji Dahal , Vice President Fund , Vice President Fund Kathmandu Janakpur , கட்மாண்டு , பாக்மாடி , நேபால் , மும்பை , மகாராஷ்டிரா , இந்தியா , ராம்ஜி தஹால் , ஷெர் நிதி , நிதி கட்மாண்டு ஜனக்பூர் , அவரது ஆரோக்கியம் , ப்ரதீப் இந்தியா மும்பை , ப்ரெஸிடெஂட் ஷெர் நிதி , துணை ப்ரெஸிடெஂட் நிதி , துணை ப்ரெஸிடெஂட் நிதி கட்மாண்டு ஜனக்பூர் ,

© 2025 Vimarsana