पुल्चोकम

पुल्चोकमा राजकीय अतिथि गृह बन्ने

नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।
ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।

सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले दिनुभयो ।

Related Keywords

Lalitpur , Nepal General , Nepal , , Community Construction , A Hotel , Community Building , Guest Home , Yadav Kathmandu , Nepal Tour , State House , Guest Home Construction , Urban Development , Building Construction , Guest House , Guest Construction Nepal , Purna Nepal , லலித்பூர் , நேபால் , சமூக கட்டுமானம் , சமூக கட்டிடம் , விருந்தினர் வீடு , நேபால் சுற்றுப்பயணம் , நிலை வீடு , நகர்ப்புற வளர்ச்சி , கட்டிடம் கட்டுமானம் ,

© 2025 Vimarsana