छ वर्षदेख&#x

छ वर्षदेखि थन्कियो २५ करोडको जस्तापाता

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २०७२ सालको महाविनाशकारी भूकम्पपछि भारतको कलकत्ताबाट आयात गरेको ५० हजार बन्डल जस्तापाता विगत ६ वर्षदेखि खुला आकाश मुनि त्रिपालको भरमा लथालिङ अवस्थामा रहेको छ ।

सरकारी करिब २४ प्रतिशत अनुदानमा भूकम्पमा क्षति पुगेका सरकारी कार्यालयहरूलाई बिक्री वितरण गर्ने भनी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २५ करोड रुपैयाँमा ५० हजार बण्डल जस्तापाता आयात ग¥यो तर बिक्री गर्न नसकेपछि  वीरगञ्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाको परिसरमा उक्त परिमाणको जस्तापाता विगत ६ वर्षदेखि खुला आकाश मुनि त्रिपालको भरमा लथालिङ अवस्था रहेको हो । 

सरकारको अनुमतिमा आयात गरियो तर सरकारले बिक्री वितरण गर्न कुनै निर्देशन नै दिएन , निर्देशनको पर्खाइमा यती लामो समय देखि जस्तापाता थन्किएर बसेको हो । यस अघि उक्त जस्तापाता बिक्रीको लागि तीन पटक बोलपत्र आह्वान गरेपनि कसैले खरिद नगरेकाले त्यत्तिकै रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्ज शाखाका विभागीय प्रबन्धक अमोज लागिछानेले गोरखापत्रसँग भन्नुभयो ।

Related Keywords

India , Calcutta , West Bengal , Gautam Birgunj , Birgunj Branch , Salt Trading Corporation Limited It , Salt Trading Corporation , Salt Trading Corporation Limited Bs India Calcutta , Salt Trading Corporation Limited , Food Law , Salt Trading Corporation The , இந்தியா , கால்குட்டா , மேற்கு பெங்கல் , உப்பு வர்த்தக நிறுவனம் , உப்பு வர்த்தக நிறுவனம் வரையறுக்கப்பட்டவை , உணவு சட்டம் ,

© 2025 Vimarsana