गैरआवासी

गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा

गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा हुने भएको हो ।


सम्मेलनका लागि प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २० सदस्यीय उच्च स्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ । सम्मेलनलाई भव्य र सभ्य तरिकाले सु–सम्पन्न गर्न गठन गरिएको समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैङ्क, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली सङ्घ लगायत अन्य सम्बन्धित निकायका उच्चाधिकारी रहनुभएको छ ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , , Commerce Federation , Committee National , Foreign Affairs Ministry , Foreign Affairs , Nepali Association , Nepal Chamber , Council Of Ministers Office , Prime Minister , Foreign Affairs Minister Sher , Foreign Affairs Ministry Friday , Ministers Office Secretary , Foreign Affairs Secretary , Ministry Secretary , Worldwide His , Nepali His ,

© 2025 Vimarsana