इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दी खोलाबाट बिहीवार मध्यरातमा एक कार त्रिशूली नदीमा खसेको छ । पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड अन्तर्गत नाग्दी खोलाबाट राती करिव साढे बाह्र बजे खसेको सो कारमा यात्रा गर्ने ३ जना वेपत्ता छन् भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको हो । राजमार्गवाट करीब सय मिटर तल त्रिशुलीमा नदीमा खसेको कार नदीमा हराइ रहेको छ ।