साक्षर बागमतीको सन्देश (सम्पादकीय) : vimarsana.com

साक्षर बागमतीको सन्देश (सम्पादकीय)

बागमती प्रदेश साक्षर घोषणा गर्ने देशकै पहिलो प्रदेश बनेको छ । साक्षर नेपाल अभियानअन्तर्गत सोमबार साक्षर प्रदेश घोषणाले महìवपूर्ण सन्देश र मार्गदर्शन दिएको छ । तर साक्षरता प्रतिशत वृद्धि र दिगो सिकाइमा भने चुनौती धेरै छन् । बागमती
प्रदेशमा ९७.२२ प्रतिशत साक्षर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । यो तथ्याङ्कले बागमती प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका ४५ हजार ३४५ अझै निरक्षर रहेको देखाउँछ । यो प्रदेशका १३ जिल्लामध्ये ललितपुर पूर्ण साक्षर जिल्ला बनेको छ भने सिन्धुलीमा ९९.१३ प्रतिशत, मकवानपुरमा ९८.९७ प्रतिशत, धादिङमा ९८.४० प्रतिशत, नुवाकोटमा ९८.१९ प्रतिशत, सिन्धुपाल्चोकमा ९७.६८ प्रतिशत र चितवनमा ९७.५० प्रतिशत छ । यसैगरी, काठमाडौँमा ९६.८८ प्रतिशत, भक्तपुरमा ९६.७० प्रतिशत, काभ्रेमा ९६.४८ प्रतिशत, रामेछापमा ९६.४० प्रतिशत र रसुवा

Related Keywords

Kathmandu , Bagmati , Nepal , Lalitpur , Nepal General , Karnali , Bhaktapur , Lumbini , Dhading , Chitwan , Sindhuli , Bagmati Pradesh , Gandaki Pradesh , Education School , Bagmati Province , Pradesh Or Local , Lumbini Province , Utility District , Nepal Public Education ,

© 2024 Vimarsana