Live Breaking News & Updates on Health office chitwan sunday public

चितवनमा नब्बे प्रतिशत कोरोना संक्रमित घरको आइसोलेशनमा

चितवनमा कोरोना संक्रमितहरु ९० प्रतिशत घरमा नै बस्ने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आइतबार सार्वजनिक गरेको विवरणमा कोरोना संक्रमितको रोजाइ नै घरको आइसोलेशन भएको पाइएको हो । कोरोना दोस्रो लहर सुरु भएपछि विरामीहरु घरमा नै बस्न रुचाएको पाइएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर जम्मा आइसोलेसनमा एक हजार ५९३ जना छन् जसमध्ये एक हजार ४१८ जना घरमा नै आइसोलेसनमा रहेका छन् । जुन जम्मा संख्याको ८९ प्रतिशत बढी हुन आउँछ । त्यसैगरी, अस्पतालको आइसोलेसनमा १३९ जना र सार्वजनिक आइसेलेसनमा ३६ कोरोना संक्रमित रहेका छन् । यस तथ्यांक हेर्दा अधिकांश संक्रमितको रोजाइमा अस्पताल या सार्वजनिक आइसोलेसन भन्दा घरको आइसोलेसन नै बढी रोजाइमा पर्न गएको देखिन्छ ।

Chitwan-corona , Pramod-poudel , Health-office , Health-office-chitwan , Office-public , Health-office-chitwan-sunday-public , Chetan-nepal-chitwan , Public-corona , Hospital-or-public , Bharatpur-hospital , பிரமோத்-பொஊதேல் , ஆரோக்கியம்-அலுவலகம்