Live Breaking News & Updates on Narayan bhandari

Stay informed with the latest breaking news from Narayan bhandari on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Narayan bhandari and stay connected to the pulse of your community

5 Years of Local Governance in Nepal

Nepal is heading into its second round of local elections under its 2015 constitution. How have local governments fared in their inaugural session?

Nepal , Kathmandu , Bagmati , Rapti , Hari-sharma , Radheshyam-adhikari , Prabha-baral , Narayan-bhandari , Chandra-kishore , King-mahendra , Khim-lal-devkota , Nepali-congress

गौतमबुद्ध विमानस्थलका लागि थप लगानी गर्न एडीबी तयारः नेता पौडेल

गौतमबुद्ध विमानस्थलका लागि थप लगानी गर्न एडीबी तयारः नेता पौडेल
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Rupandehi , Nepal-general- , Nepal , Butwal , Shivraj-subedi , Vishnu-poudel-bhairahawa , Narayan-bhandari , Laxman-poudel-bhairahawa , Lumbini-pradesh , Buddha-international , Commission-vice , Convention-saturday-bhairahawa-inauguration

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै दुम्जा


पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै दुम्जा
  
शेयर गर्नुहोस:
दीपक श्रेष्ठ
दुम्जा (सिन्धुली), साउन ६ गते । मकवानपुरका सेन राजाबाट काजी दामोदर कोइरालाले दुम्जा क्षेत्र खान्की बिर्ताका रूपमा पाएका थिए । तिनै दुम्जाली कोइराला परिवारका चार जना नेपालको प्रधानमन्त्री बन्नुभयो । तीमध्ये तीन प्रधानमन्त्रीका पिता हुनुहुन्थ्यो, पिताजी कृष्णप्रसाद कोइराला । जो दुम्जाको धरिनडाँडामा जन्मिनुभएको थियो । इतिहासको यो गहकिलो र गर्विलो कथा पछ्याउँदै दुम्जाको धरिनडाँडालाई बीपी पार्कका रूपमा विकास गर्ने कार्य अगाडि बढिरहेको छ ।
पिताजी कृष्णप्रसाद कोइरालाको जन्मस्थल र युवा उमेर बिताएको धरिनडाँडालाई सङ्घीय सरकारले नियमित बजेटमार्फत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अवधारणाअनुसार अगाडि बढाएको छ । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१, दुम्जास्थित धरिनडाँडाको ७६ रोपनी जग्गा अधिग्रहण र करिब १७८ रोपनी सार्वजनिक जग्गासहित गुरुयोजना बनाई बीपी पार्कको कार्यलाई अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ ।
आयोजना प्रमुख नारायण भण्डारीका अनुसार करिब ५० करोड रुपियाँको लागत रहेको गुरुयोजनाबमोजिम बहुवर्षीय योजनाअनुसार पार्कको निर्माण कार्यलाई अगाडि बढाइएको छ । जसअनुसार यस वर्ष पार्कसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । यस आर्थिक वर्षका लागि सरकारले दुई करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ ।
दुम्जाको धरिनडाँडालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लामो समयदेखि स्थानीयस्तरमा आवाज उठे पनि प्रयासले सार्थकता पाउन सकेको थिएन ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री भएका बेला २०७४ सालतिर दुम्जाका लागि पहिलोपटक बजेट विनियोजन भएको थियो । सिन्धुली क्षेत्र नम्बर २ का सांसद हरिबोल गजुरेलले समेत सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल लिनुभएको थियो । त्यसपछि सङ्घीय सरकारबाट नियमित रूपमा बजेट विनियोजन भई काम अगाडि बढिरहेको कुशेश्वर विद्यापीठ पूर्वविद्यार्थी समाजका अध्यक्ष प्रा.डा. विद्यानाथ कोइरालाले जानकारी दिनुभयो । सो क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न कुशेश्वर विद्यापीठ पूर्वविद्यार्थी समाजको पहलमा प्रयास अगाडि बढाएको थियो ।
समाजका अध्यक्ष कोइरालाका अनुसार बीपी पार्कमा पिताजी कृष्णप्रसाद कोइरालाको परम्परागत शैलीको घर, बीपी सङ्ग्रहालय, पुराना पोखरीको संरक्षण, सभागृह, स्थानीय कला संस्कृति झल्कने सङ्ग्रहालय, वनभोजस्थललगायत रहनेछन् ।
त्यस्तै पार्कस्थलमा पिताजी कृष्णप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, धरणीधर कोइराला, दीर्घराज कोइरालालगायत शिक्षा, साहित्यका क्षेत्रबाट मुलुकका लागि महìवपूर्ण योगदान गर्ने दुम्जाली स्रष्टाको समेत सालिक स्थापना गरिने जनाइएको छ । बीपी राजमार्गबाट करिब पाँच किलोमिटर दूरीमा रहेको सो क्षेत्रमा पुग्न नेपालथोक, आँपघारी र गजुलीदहबाट पदमार्गसमेत निर्माण गरिने छ । पूर्वमन्त्री विपिन कोइरालाले दुम्जामा बीपी पार्कको निर्माणले नेपालको राजनीतिक एवं सामाजिक आन्दोलनलाई नागरिक स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने र स्थानीय नागरिकको आर्थिक विकासमा समेट टेवा पु-याउने बताउनुभयो ।
रामेछापमा पुष्पलाल पार्क र सिन्धुलीको दुम्जामा बीपी पार्कलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी नेपालको लोकतान्त्रिक तथा वाम आन्दोलनका दुई शीर्ष पुरुषको सम्मान गरिएको सांसद हरिबोल गजुरेलले बताउनुभयो ।
 
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Dumja , Nepal-general- , Nepal , Sindhuli , Kamal-dahal-prachanda , Girija-koirala , Narayan-bhandari , Dharanidhar-koirala , Matrika-prasad-koirala , Bishweshwar-prasad-koirala , Krishna-prasad-koirala , Sushil-koirala

अझै पाकेन चैते धान


अझै पाकेन चैते धान
नार्क भन्छ, अध्ययन गरेर मात्र कारण भन्न सकिन्छ
  
शेयर गर्नुहोस:
सुरेशकुमार यादव
काठमाडौँ, साउन १ गते । चैते धान काटेर असारे धानको नयाँ रोपो मौलाउने बेलामा पनि धान भर्खर पसाउँदै छ । बीउमा समस्या रहेका कारण यस्तो भएको दाबी किसानको छ तर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भने अध्ययन गरेर मात्र कारण पत्ता लगाउन सकिने जनाउँछ । काभ्रे मण्डनदेउपुर नगरपालिकाका किसान राजन पौडेलले छिटो पाक्ने र पानी कम भए पनि राम्रो फल्ने जातको धान बीउ बनेपाबाट खरिद गरेर खेतमा लगाएको तर पाँच महिना हुँदा भर्खर दाना लाग्न थालेको बताउनुभयो।
यो मण्डनदेउपुर नगरपालिकाका अधिकांश किसानको समस्या हो । चैत धान काटेर वर्षे धान लगाउने बेला भइसक्दा चैत धान भनेर लगाएको बालीमा भर्खर दाना लाग्न थालेको किसान उद्धव तिमिल्सिनाले भन्नुभयो । उहाँले प्रतिकेजी १३० रुपियाँको दरले २० केजी चैते धानको बीउ खरिद गरेर फागुनको अन्तिममा रोपेको तर अहिले त्यसमा भर्खर दाना लाग्न थालेको बताउँदै पाक्न त अझै डेढदेखि दुई महिना लाग्ने सम्भावना रहेको जनाउनुभयो ।
चैते धान सरदर तीनदेखि चार महिनामा पाक्नुपर्ने हो तर अहिलेसम्म त्यो धानमा कतैकतै फूल र कतैकतै दाना निस्किरहेको छ ।
खुमलटारको एभरेस्ट सिड कम्पनी प्रालीबाट खरिद गरी बनेपाको एउटा बीउ बेच्ने पसलले सो बीउ नगरपालिकामा बेचेको थियो । अहिलेसम्मकै सबभन्दा राम्रो धानको बीउ, छोटो समयमा पाक्ने र पानी कम लाग्ने, उत्पादन पनि धेरै हुने भन्दै पसलेले त्यो बीउ बिक्री गरेको किसान राजन पौडेलले बताउनुभयो । ४० जना किसानले बनेपाका बीउ पसलेलाई गुनासो गर्दा खुमलटारको कम्पनीलाई देखाएर पन्छेको जनाउँदै आफूहरूले क्षतिपूर्ति चाहिने भनेको उल्लेख गर्नुभयो । उद्धव तिमिल्सिनाले आफूहरूलाई एक नभई दुई बालीको नै क्षतिपूर्ति चाहिने बताउनुभयो ।
एभरेस्ट सिड कम्पनी प्रालिका प्रमुख नारायण भण्डारीले आफूहरूले खुमल–११ जातको धान त्यहाँ बेचेको स्वीकार गर्दै भन्नुभयो, “नार्कले नै सिफारिस गरेको धानको बीउ हो । यसलाई सफल बीउ नै मानिन्छ तर त्यहाँ मौसमका कारण समस्या भएको हो ।”
उहाँले ढिलो रोपेका कारण ढिलो दाना लागेको दाबी गर्दै उहाँले नार्कका वैज्ञानिक लगेर त्यसको अध्ययन गराउने तयारी रहेको बताउनुभयो । उहाँले नार्कले नै सिफारिस गरेको धानको बीउ बेचेको दाबी गर्दै यसअघि पनि बेचेको हो तर यस्तो समस्या कहिले नआएको दाबी गर्नुभयो ।
यो वर्ष खुमल–११ जातको धानको बीउ सो नगरपालिकालाई मात्र बेचेको अरू कहीँ नबेचेको दाबी गर्दै प्रमुख भण्डारीले त्यसको छानबिन भएपछि के भएको हो मात्र भन्न सकिने तर प्रारम्भिक नतिजाअनुसार मौसमका कारण समस्या देखिएको दाबी गर्नुभयो ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार खुमल–११ वर्षे धानका लागि २०५८ सालमा सिफारिस भएको जात हो । काठमाडौँ उपत्यकाका लागि सिफारिस गरिएको यो धान १४४ दिनमा पाक्छ । यसले प्रतिहेक्टर ८.५ मेट्रिक टन उत्पादन दिन्छ ।
हालसम्म सिफारिस भएका धानका जातमध्ये यसले नै सबभन्दा बढी उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा. सुशीलराज सुवेदीले खुमल–११ सफल धानमध्येको एक हो भन्दै काभ्रेमा किन समस्या देखियो भन्ने अध्ययनको विषय भएको प्रतिक्रिया दिनुभयो । काभ्रेमा समस्या देखिएको कुरा आफूले एभरेस्ट कम्पनीबाट थाहा पाएको भए पनि अनुसन्धान नगरी त्यत्तिकै केही प्रतिक्रिया दिन नमिल्ने उहाँले बताउनुभयो ।
 

Kathmandu , Bagmati , Nepal , Kathmandu-valley , Nepal-general- , Narayan-bhandari , Rajan-poudel , National-bali-sciencer-center , R-council , Suresh-yadav-kathmandu , கட்மாண்டு , பாக்மாடி

लगानीकर्ता समस्यामा

लगानीकर्ता समस्यामा
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Nawalparasi , Nepal-general , Nepal , Santosh-rana , Narayan-bhandari , Hotel-professional-the-association , Nawalparasi-hotel , East-nawalparasi-hotel-professional , East-nawalparasi , Hotel-professional , நேபால்-ஜநரல் , நேபால்

KMC forms 7-member committee to run Covid-19 Special Hospital

KMC forms 7-member committee to run Covid-19 Special Hospital
thehimalayantimes.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from thehimalayantimes.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Sudda-kumar-dangol , Ganesh-gurung , Narayan-bhandari , Sharad-onta , Arjun-karki , Dipendra-lama , Anup-subedi , Chinikaji-maharjan ,

काठमाडौँ महानगरमा आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौँ महानगरमा आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Dal-karki , Ganesh-gurung , Narayan-bhandari , Arjun-karki , Service-center-building , Kathmandu-metro-hospital-construction-to-committee , Kathmandu-metro-hospital-construction , Kathmandu-metropolitan , Local-committee

बन्द रहेका सीमा नाका खुल्दा व्यवसायी तथा सर्वसाधारण उत्साहित

बन्द रहेका सीमा नाका खुल्दा व्यवसायी तथा सर्वसाधारण उत्साहित
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kanchanpur , Nepal-general , Nepal , Kathmandu , Bagmati , India , Rupandehi , Kailali , China , Samastipur , Bihar , Birgunj