Live Breaking News & Updates on Office chitwan

Stay informed with the latest breaking news from Office chitwan on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Office chitwan and stay connected to the pulse of your community

नगदसहित आठ जुवाडे पक्राउ

नगदसहित आठ जुवाडे पक्राउ
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Chitwan , Nepal-general- , Nepal , Rapti , Surya-thapa , Krishna-shrestha , Chundamani-thapaliya , Vishnu-goldsmith , Office-chitwan , Failed-district , சிட்வான் , நேபால்

भरतपुर अस्पतालसँग जमिन छ, पार्किङ छैन

भरतपुर अस्पतालसँग जमिन छ, पार्किङ छैन
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Chitwan , Nepal-general- , Nepal , Other-association , Office-chitwan , Hospital-development-committee , Bharatpur-land , Bharatpur-hospital , Hospital-east , District-traffic , Office-chitwan-acting

नारायणगढ–मुग्लिनः सडक भासिए पनि यातायात अवरोध छैन

नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझँै सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ । सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उहाँले जानकारी दिनुभयो । दुई मिटर गहिराइसम्म सडक भासिएको छ । खनालले भन्नुभयो, “सो ठाउँमा सडक १३÷१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएर सडक रोकिँदैन ।” भासिएको क्षेत्र बाहेकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले जानकारी दिनुभयो । सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा छ । नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने रहेको छ ।

Trishuli-river , Nepal-general- , Nepal , Narayangadh , Chitwan , Office-chitwan , Social-network , District-traffic , Start-the ,

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Jajarkot , Nepal-general- , Nepal , Chitwan , Nepalese , Makwanpur-bagmati , Nepalese-armed-forces-national-park , Centralr-bureau , Chitwan-national , Nepali-army , Office-chitwan , National-park

गर्भबाटै कारागार जीवन

गर्भबाटै कारागार जीवन
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Chitwan , Nepal-general- , Nepal , Office-chitwan , சிட்வான் , நேபால் ,

घामपानी दुबैमा नारायणगढ-मुग्लिन सडक जोखिममा

घामपानी दुबैमा नारायणगढ-मुग्लिन सडक जोखिममा
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Narayangadh , Nepal-general- , Nepal , Chitwan , Office-chitwan , New-place , Bharatpur-metropolitan-ward , நேபால் , சிட்வான் , புதியது-இடம் , பாரத்பூர்-பெருநகர-வார்டு

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन


नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
  
शेयर गर्नुहोस:
मुग्लिन, असार २९ गते । पहिराेका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई आज बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
ओभरटेक नगरिकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको सङ्केतलाई पूर्ण पालना गरी सवारी चलाउन सवारी चालकलाई प्रहरीले अनुरोध गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाको समयमा पहिरो खसी पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । सवारी चालकले जथाभावी ओभरटेक गर्दा पहिरो पञ्छाइ सडक खुलाइए पनि घण्टौँसम्म जाम हुने समस्या छ । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Narayangadh , Nepal-general- , Nepal , Chitwan , Office-chitwan , நேபால் , சிட்வான் ,

खुले सौराहाका होटल


खुले सौराहाका होटल
  
शेयर गर्नुहोस:
वसन्त पराजुली
भरतपुर, असार २८ गते । सौराहाका पर्यटकीय होटलले कोरोनाको कहरकै बीचमा सेवा दिन थालेका छन् । होटलको क्षमताअनुसार एक तिहाइसम्म पर्यटक राख्न पाउने जिल्ला प्रशासन कार्यालय चितवनको आदेशसँगै सौराहाका होटल सरसफाइ तथा रङरोगन गर्दै सेवा दिन थालेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।
“हामीले कोभिड–१९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ,” महासचिव थपलियाले भन्नुभयो, “आन्तरिक पर्यटक आउने क्रम सुरु भएको छ । ”
सवारी साधन सञ्चालन सहज नभएको र नारायणगढ–मुग्लिन सडकमा पहिरो जारी रहेकाले तल्काल पर्यटक आवगमन कमै भए आउने क्रम भने सुरु भएको उहाँले जनाउनुभयो ।
सौराहाकै राम्रा होटलमध्येको एक ल्यान्डमार्क फरेस्ट पार्कका सञ्चालक ओमप्रकाश पाण्डे होटल खुलेको पहिलो दिनमै आफूहरूले १८ वटा कोठा बिक्री गरेको जनाउनुभयो । “पर्यटक आउन थालिसके, पहिलो दिनमै हामीले १८ वटा कोठा बेचेका हौँ,” सञ्चालक पाण्डेले भन्नुभयो ।
कोरोना कहरले थला परेका बेला बाढीबाट डुबान भएपछि सौराहाको सरसफाइ र रङरोगन गरेर होटल सञ्चालन ल्याइएको पनि उहाँले जनाउनुभयो । “लामो समय बन्द रहेका होटल सञ्चालनमा ल्याउन आवश्यक सरसफाइ, रङरोगन र मर्मतसुधारमा हामीले १५ लाख रुपियाँ खर्च ग-यौँ,” पाण्डेले भन्नुभयो ।
महासचिव थपलिया ठूला होटलको खर्च बढे पनि सबै होटलको सरसफाइ र मर्मतसुधार खर्च १५ लाख रुपियाँ नै नहुने बताउनुहुन्छ । “ठूला होटलको रङरोगन र सफाइमा उल्लिखित रकम खर्च भयो होला तर साना होटल एक लाख रुपियाँ मात्रै खर्च गरेर पनि सञ्चालनमा ल्याउने अवस्था छ,” उहाँले भन्नुभयो ।
अहिलेको अवस्थामा सौराहाका ११० वटा होटलले सरसफाइ तथा मर्मतसुधार र आवश्यकता अनुसारको सामान खरिदमा मात्रै १० करोड रुपियाँ खर्च गरेको उहाँले जनाउनुभयो ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै गत वैशाख १७ देखि सौराहाका ११० होटल बन्द थिए । होटल बन्द हँुदा छ हजारभन्दा बढी कर्मचारी पनि कामविहीन थिए ।
खोपको माग
क्षेत्रीय होटल सङ्घले कोरोनाको जोखिम न्यूनीकरण गर्न होटलमा अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई खोप उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र चितवनका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको सङ्घका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो ।
घुमौँ सौराहा अभियान जारी
कोरोनाबाट थला परेको पर्यटन व्यवसाय उकास्न सौराहाका होटल व्यवसायीको छाता संस्था क्षेत्रीय होटल सङ्घले सञ्चालन गरिएको ‘घुमौँ सौराहा’ अभियान जारी छ । पर्यटकलाई विशेष छुटसहितको यस अभियानले विशेष त आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास होटल
व्यवसायीमा छ ।
“हाम्रो उद्देश्य आन्तरिक पर्यटन विकासको माध्यमबाट कोरोनाले थला परेको चितवनको पर्यटनको विकासमा टेवा पु¥याओस् भन्ने हो,” अध्यक्ष भट्टराईले भन्नुभयो ।
 
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Narayangadh , Nepal-general- , Nepal , Chitwan , Bagmati , Parajuli-bharatpur , Op-pandey-hotel , Hotel-association , Office-chitwan , Spring-parajuli-bharatpur , Secretary-guna-thapalya , Secretary-thapalya

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा


नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
  
शेयर गर्नुहोस:
चितवन, असार २५ गते । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।
गाई काट्ने तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षीय सबिन परियार र १६ वर्षीय सुवास परियार रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए । गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Narayangadh , Nepal-general- , Nepal , Chitwan , Office-chitwan , Bharatpur-metropolitan , நேபால் , சிட்வான் , பாரத்பூர்-பெருநகர ,

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
  
शेयर गर्नुहोस:
भरतपुर, असार २४ गते ।नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो ।
बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Narayangadh , Nepal-general- , Nepal , Chitwan , Office-chitwan , நேபால் , சிட்வான் ,