शेयर गर्नुहोस: हुम्ला समाचारदाता हुम्ला, असार ३० गते । हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । मङ्गलबार बिहानदैखि कुहिरो लाग्ने र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नबराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट कुहिरो लाग्ने, पानी पर्ने भइरहेका कारण नेपालगञ्ज र सुर्खेतमा जहाजहरू सिमकोटका लागि उडान भर्न नसकेको जानकारी दिनुभयो । सोमबारदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहनु भएकी यात्रु सीता कार्कीले उडान नभएपछि सिमकोटमै रोकिनुपरेको बताउनुभयो । यात्रुहरू बिहानैबाट विमानस्थमा जाने तर उडान नभएपछि दिउँसो २ बजे फिर्ता हुने गरेका छन् । हवाई सेवा अवरुद्ध भएपछि जिल्लामा भित्रिने ९० जना र जिल्ला बाहिर जाने ७८ जना यात्रु रोकिनु परेको छ । त्यससँगै खाद्यान्न, विकास निर्माण सामग्री र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । यसले विकासे काममा समेत बाधा पु¥याएको छ । हवाई सेवा सुचारु नहुँदा तरकारी तथा मासुको पनि समस्या देखिएको छ । त्यसैगरी हवाई सेवा सुचारु नभएपछि राष्ट्रिय वाणिज्य बैङ्कका लागि नेपालगञ्जबाट ल्याउनुपर्ने पैसा पनि आउन सकेको छैन । यसले बैङ्कलाई काम गर्न समस्या भएको छ । सिमकोटमा तारा, सीता र समिट एयरका जहाजहरूले दैनिक १५ भन्दा बढी उडान भर्दै आएका थिए ।
यो पनि हेर्नुहोस् कृष्णमुरारी भण्डारी सल्लाहकार सम्पादक : गाेपाल खनाल सम्पादक : सूचना तथा प्रशारण विभाग दर्ता: १५३८/०७६-७७