तुइन काटि&#x

तुइन काटिएपछि व्यासमा खाद्यान्न ढुवानी हुन सकेन

यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो ।

यहाँका नागरिक भारतीय बजारमा निर्भर छन् । भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्यलगायत खाद्य सामग्री ढुवानी गर्दै आएकामा एसएसबीले कडाइ गरेपछि ढुवानी हुन नसकेको हो । खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकाका वडा नं २, ३, र ४ मा खाद्यान्न अभाव भएको हो । “गाउँको खेतले तीन महिनासमेत खान पुग्दैन”, मालका स्थानीय कल्यानसिंह धामीले भन्नुभयो, “गाउँमा चामल पाउँदैन्, नेपालतिर खच्चड हिँड्नसमेत बाटो छैन, सुनसेराभन्दा माथिल्लो क्षेत्रमा पहिराका कारण खाद्यान्न लिन सकिएको छैन, पहिरो गएको छ, ठाउँ ठाउँमा भत्किएको छ ।”

Related Keywords

Mahakali , Nepal , India , Karki Darchula , , Karki Darchula The , Indian Market , Place , Food Law , மஹாகலி , நேபால் , இந்தியா , இந்தியன் சந்தை , இடம் , உணவு சட்டம் ,

© 2025 Vimarsana