vimarsana.com

निरन्तर वर्षाले पहिरो खस्दा हेलम्बु राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले मेलम्ची नगरपालिका १३ फटकशिलाको रातोपहरो भन्ने पहाडबाट पहिरो खसिरहेकोले सडक बन्द भएको जानकारी दिनुभयो ।

अहिले उक्त क्षेत्रमा भीषण वर्षा भइरहेको छ । रातोपहरोबाट पहिरो झरेको झरै छ इन्स्पेक्टर राईले भन्नु भयो - ‘पहिरो झरिरहे ठुलो खतरा निम्त्याउला भन्ने स्थानीयमा त्रास उत्पन्न भएको छ’ । पहिरोले अहिले मेलम्चीबाट राजधानी र राजधानीबाट मेलम्ची, अन्य स्थानमा आवतजावत गर्ने सवारी साधन पूर्ण रुपमा रोकिएका छन् । निरन्तर वर्षाले पहिरो पन्छाउन सक्ने अवस्था छैन प्रहरी निरीक्षक राईले बताउनुभयो । 
धुसिने मानेभञ्ज्याङ तालामाराङ सडक पनि पहिरोले अवरुद्ध भएको छ ।

Related Keywords

Helambu , Nepal General , Nepal , Devendra Shah , Tikaram Rai Melamchi , , Araniko Highway , Sunkoshi River , Division Office , Local Parajuli ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.