गोदावरी–&#x

गोदावरी–फूलचोकी संरक्षण क्षेत्र घोषणाको तयारी

सर्वाेच्च अदालतको पूर्ण इजलासले आदेश दिएको छ वर्षपछि काठमाडौँ उपत्यकाको गोदावरी–फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले २०७२ साल वैशाख ३ गते पर्यावरणीय संरक्षणका दृष्टिले अति महìवपूर्ण गोदावरी– फूलचोकीलाई एक वर्षभित्र संरक्षित क्षेत्र घोषणा गरी त्यहाँको प्राकृतिक सम्पदा जोगाउन आदेश दिइएको थियो । फैसला भएको झन्डै छ वर्षपछि वन तथा वातावरण मन्त्रालयले सो क्षेत्रका विस्तृत अध्ययन तथा सरोकारवालासँग छलफल गरेर संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले दिनुभएको जानकारीअनुसार अहिले मन्त्रालयले संरक्षणका विभिन्न मोडलका बारेमा सरोकारवाला निकाय तथा संस्थासँग छलफल गरी अन्तिम टुङ्गो लगाउने तयारी गरिरहेको छ । हाल गोदावरी–फूलचोकी क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूह र राष्ट्रिय वनका रूपमा संरक्षण कार्य भइरहेको छ ।

Related Keywords

Nepal , Kathmandu Valley , Nepal General , Sharma Poudel , Govinda Upadhyay , Supreme Court , National Forest , Ministry Pradesh , Pradesh Ministry , Forest Consumer Committee , Community Forest Consumer , Council Of Ministers Office , Laxmi Upadhyay Kathmandu , Forest Act , Government Prime Minister , Ministers Office , Action Plan , Ministry Secretary , நேபால் , கட்மாண்டு பள்ளத்தாக்கு , உச்ச நீதிமன்றம் , தேசிய காடு , சபை ஆஃப் அமைச்சர்கள் அலுவலகம் , காடு நாடகம் , அமைச்சர்கள் அலுவலகம் , நடவடிக்கை திட்டம் , அமைச்சகம் செயலாளர் ,

© 2025 Vimarsana