मिडिया–शक्ति र अनेक बुझाइ : vimarsana.com

मिडिया–शक्ति र अनेक बुझाइ


मिडिया–शक्ति र अनेक बुझाइ
  
शेयर गर्नुहोस:
डा. कुन्दन अर्याल
बेलाबेला सुनिन्छ, कसैले मिडिया सञ्चालक वा पत्रकार भएको अनुचित फाइदा उठाउन खोज्यो । कतिपय बेला सुनिन्छ, पत्रकारले कुनै विषयलाई अत्यधिक महŒव दिँदै जनमतमा अनुचित प्रभाव जमाउन खोज्यो । त्यतिमात्र होइन, हिजोआज धेरै सुनिन्छ, अमूक मिडिया आउटलेटले अमूक विषयमा एजेन्डा नै सेट गर्न खोज्यो । आजको समाज मूलतः मेडिएटेड सञ्चारमा आश्रित छ । विश्वका हरेक कुनाको व्यक्तिलाई विश्वभरका मानिससँग संवाद गर्नुपरेको छ, विश्वभरको जानकारी राख्नुपरेको छ । त्यसैले मानिस संसारभरको खबर आमसञ्चारमाध्यमबाट अधावधिक गरिरहेका छन् । तर, आफ्ना आँखाले देखेकाभन्दा बढी मिडियाले देखाउने तस्बिरमा विश्वास गर्ने आजका मानिस मिडियाको एजेन्डाका सामु भने त्यति कमजोर छैनन् । मानिसको सामाजिक जीवनसँग असम्बद्ध वा केवल मिडिया सञ्चालकको निहित स्वार्थबाट निसृत एजेन्डाबाट आजको मानिस सामान्यतः प्रभावित हुँदैनन् ।
सन् चालीसको दशकअघि संसारभरि नै अखबार, फिल्म वा रेडियोको प्रभावलाई असीमित ठान्ने गरिएको थियो । तर, त्यसपछि समाजमा आमसञ्चारमाध्यमको प्रभावसम्बन्धी अवधारणामा उल्लेखनीय परिवर्तन आयो । पहिले–पहिले ठान्ने गरिएकोजस्तो आमसञ्चारमाध्यमको प्रभाव असीमित हुँदैन रहेछ भन्ने तथ्य अनुसन्धानबाट उजागर भयो । अनुसन्धानले देखाए, सन् चालीसअघि भन्ने गरिएकोजस्तो मिडियाको अन्तर्वस्तु चामत्कारिक गोलीजस्ता हुँदैनन्, जसले मिडियाको निशानामा पर्ने व्यक्तिलाई पूर्ण प्रभावमा पार्न सकून् । बरु अन्तर्वस्तुले मानिसबीचको अन्तक्र्रियालाई प्रेरित गर्छ र मानिस एउटा निष्कषर््मा पुग्छ, मिडियाको प्रभाव समाजमा प्रत्यक्ष र तत्क्षण भने भने नदेखिन सक्छ । समयक्रममा टेलिभिजनको प्रभाव बढ्दै गएपछि आमसञ्चारमाध्यमको शक्ति फर्किएको निष्कर्ष निकालियो । टेलिभिजनमार्फत फर्र्किएको मिडियाको त्यो प्रभाव आज इन्टरनेटमा आधारित मिडियातर्फ स्थानान्तरण भएको छ । तर पाठक, दर्शक वा श्र्रोताको समग्र चेतना स्तर र अन्तर्वस्तु मूल्याङ्कन गर्ने क्षमता पहिलेको तुलनामा आज निकै बढेको छ । त्यसैले आजको समयमा मिडियालाई चालीसको दशकअघिको जस्तो सर्वशक्तिमान वा बन्दुकको गोलीजस्तो मानिदैन । आज मिडिया र प्रयोगकर्ताबीच गज्जबको सहमति छ, फुटबलको मौसम छ भने फुटबलप्रेमी घण्टौँ स्क्रिन अगाडि हुन्छ । अरू बेला उही दर्शक टेलिभिजन विरलै हेर्छ । आजका मिडिया प्रयोगकर्ता अन्तर्वस्तुलाई जस्ताको त्यस्तै ग्रहण गर्दैनन्, केलाउँछन्, तौलन्छन् र त्यसबाट सन्दर्भअनुसार अर्थ ग्रहण गर्छन् ।
मिडियाको व्यापक प्रयोग हुँदै आएको आजको समयमा मिडियाका अन्तर्वस्तुले पाठक, दर्शक वा श्रोतालाई कुनै खास विषयमा सोच्न बाध्य भने पारिरहेका छन् । उसो भए कुनै पनि समाजमा मिडियाको प्रभावकोे आँकलन कसरी गर्न सकिएला ? वा मिडियामार्फत एजेन्डा सेटिङ हुन्छ कि हुँदैन होला ? नीति निर्माणको तहमा रहनेले मिडियाका अन्तर्वस्तुलाई जनमतको प्रतिविम्बका रूपमा ग्रहण गर्ने गर्छन् । उनीहरूले समाचारलाई पछ्याउँदै आफू सक्रिय रहेको वा आफूवरिपरिको राजनीतिक वातावरणको अनुगमनसमेत गर्न सक्छन् । राजनीतिको जटिलता र नीति प्रक्रियामा बढ्दै गएको विशिष्टीकरणका कारण आजको समयमा राजनीतिको लामो अनुभव भएका व्यक्तिलाई समेत सरकार, प्रतिपक्ष वा आफ्नौ दलमा के–के हुँदै छ भन्ने पूर्ण जानकारी हासिल गर्न असम्भवप्रायः भइरहेको देखिन्छ । यस्तोमा विभिन्न वृत्तलाई जोड्ने र सरकारको नाडी छाम्न सहयोग गर्ने अनि विभिन्न पक्षबीच सेतुको काम गर्ने माध्यमका रूपमा मिडियाले अद्वितीय क्षमता देखाउँदै आएको मानिन्छ । तर, आमसञ्चारमाध्यमले क्षणिक वा जनचासोभन्दा परका मुद्दा उठाउने गरेको अवस्थामा भने जनमत प्रभावित हुन सक्दैन ।
मिडियाले खास समय अवधिसम्म कुनै मुद्दा प्रभावकारी रूपमा नउठाएको अवस्थामा तत्काल झिलिक्क क्षणिक ध्यानाकर्षण हुनेबाहेक मिडियाका उपभोक्ताको स्मृतिमा लामो समय एजेन्डाले वास पाउँदैन । त्यसैले विश्वसनीय, जनमुखी, पूर्वाग्रहरहित र उत्तरदायी पत्रकारिताले मात्र मानिसलाई कुनै विषयमा सोच्न प्रेरित गर्न सक्छन् । मिडियाको ऐजेन्डा सेटिङ भूमिका प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पर्ने केही तŒव हुन्छन् ।
विख्यात सञ्चार विज्ञ मक्वायलले एजेन्डा सेटिङलाई योजनाबद्ध वा वाञ्छित र अल्पकालीन असरका रूपमा व्याख्या गरेका छन् । उनकाअनुसार कार्यसूची निक्र्योल वा एजेन्डा सेटिङ यस्तो प्रक्रिया हो, जसबाट कुुनै खास घटना, व्यक्ति वा मुद्दाप्रति समाचार वा समाचारजन्य सामग्रीमा तुलनात्मक रूपमा बढी स्थान वा समय उपलब्ध गराइन्छ, महŒवलाई उजागर गरिन्छ । मिडियाको त्यस्तो प्रस्तुतिको विस्तारका रूपमा सार्वजनिक नीतिको तर्जुमा हुने गर्छ । यसरी आमसञ्चारमाध्यमले समानान्तर रूपमा दुईवटा कार्य गर्न सक्छन् । पहिलो, जनसरोकारका विषयको प्रवद्र्धन र दोस्रो आफ्नै विश्वसनीयतामा अभिवृद्धि । तर, जनमतद्वारा मुखरित नभएको वा जनभावनाका रूपमा मान्यता नपाएको अमूक विषयमा मिडियाले निहित स्वार्थका लागि अघि सारेको एजेन्डा भने पब्लिक एजेन्डामा रूपान्तरित हुन सक्दैन र त्यस्तो एजेन्डा पोलिसी एजेन्डासँग एकाकार हुन सक्दैन । अर्कोतिर, जनतालाई निराश हुन नदिन आर्थिक, सामाजिक सवालका साथै लोकतान्त्रिक हक–अधिकारको उपयोग वा न्यायको पहुँचमा उत्पन्न व्यवधान, लोककल्याणसम्बन्धी संवैधानिक र कानुनी प्रावधानको कार्यान्वयनमा देखिएका ढिलासुस्तीजस्ता मुद्दामा भने मिडियाले एजेन्डा सेटिङ गर्न सक्छन् ।
राजनीतिमा चासो राख्ने पत्रकारले राजनीतिसम्बन्धी रिर्पोटिङ वा विश्लेषणमार्फत सार्वजनिक नीतिसम्बन्धी बहसमा पनि भाग लिइरहेको हुन्छ । राजनीतिले जनताको दैनन्दिनको जीवनमा असर पार्ने भएकाले नै वृहत् रूपमा हेर्दा राजनीति पत्रकारिताको मूल विषय बन्न पुगेको छ । सरकारमा रहेका व्यक्तिको निर्णयले आमनागरिकका जीवनमा प्रभाव पार्छन्, करमा कटौती वा अभिवृद्धि वा अनेक विषय हुन सक्छन् । सरकारी निर्णयका अनेक परिणामात्मक पक्ष हुन्छन् । अनि पत्रकारले यिनै विषय वस्तुमा आफूलाई केन्द्रित गर्न सक्नुपर्छ । यसरी मिडियाले नागरिक तथा राजनीतिक अधिकारका विविध पाटामा केन्द्रित भएर एजेन्डा सेटिङ भूमिका निर्वाह गर्दै जनतालाई सुसूचित गर्न सक्छन् ।
विज्ञहरूले एजेन्डा सेटिङलाई राजनीतिक–सामाजिक मुद्दाको पक्षमा वकालत गर्नेहरूबीच मिडियाको ध्यानाकर्षणका निम्ति प्रतिस्पर्धात्मक रूपमा निरन्तर चलिरहने प्रक्रियाका रूपमा परिभाषित गरेका छन् । जनसरोकारका जुन मुद्दामा ध्यानाकर्षण गराउन कुनै अभियन्ता वा समूह सक्रिय देखिन्छ, त्यही मुद्दाले महŒव पाउँछ भन्ने निष्कर्ष निकाल्दै उनीहरूले पत्रकारितामार्फत कार्यसूची निक्र्योल गरिएका अनेक उदाहरण प्रस्तुत गरेका छन् ।
मिडियाको कार्यसूची निक्र्योल गर्ने भूमिका सार्वजनिक कार्यसूची र नीतिगत कार्यसूचीसँग समाहित हुन सकेको खण्डमा मात्र परिवर्तन हुन सक्छ । केवल आफ्नो उद्देश्य पूर्तिका लागि मिडिया व्यक्तित्व र संस्थाले गर्न चाहेको एजेन्डा सेटिङ प्राय असफल भएका छन् । त्यसैले भनिएको हो, जनता आफैँले भोगेको अवस्थालाई मिडियामा पढेको, देखेको र सुनेको कुरासँग तुलना गरेपछि मात्र कुनै पनि मुद्दाका सम्बन्धमा अर्थ ग्रहण गर्छन् । डियरिङ र रोजर्सका अनुसार एजेन्डा सेटिङ प्रक्रिया मिडिया एजेन्डा, पब्लिक एजेन्डा र पोलिसी एजेन्डा अनि यी किसिमका कार्यसूचीबीचको अन्तरसम्बन्धबाटै निर्दिष्ट हुने गर्छ । तसर्थ जनतासँगको सम्बन्धलाई महŒव दिने, आमजनताका सवाललाई बुझ्न सक्ने वा जनमतको कदर गर्न सक्ने आमसञ्चारमाध्यमले मात्र प्रभावकारी रूपमा एजेन्डा सेटिङमा सफलता प्राप्त गर्न सक्छन् ।
मिडिया एजेन्डामा अन्तरनिहित सारले नै पाठक, दर्शक वा श्रोतालाई कुनै खास विषयमा सोच्न बाध्य पार्छ । समाचारले आममानिसलाई के सोच्ने भन्नेमात्र बताउँदैन्, त्यसले खास विषयमा कसरी सोच्ने भन्नेसमेत बताउँछ । यस सन्दर्भमा सञ्चार विज्ञद्वय सेभेरिन र टान्कार्ड भन्छन्– एजेन्डा सेटिङ कुनै पनि सामाजिक मुद्दाका सम्बन्धमा आममानिसको धारणा आमसञ्चारमाध्यमका सामग्रीबाट प्रभावित हुन्छ भन्ने अवधारणामा अडेको छ । यससम्बन्धमा अझ प्रस्ट पार्दै उनीहरू भन्छन्– अब एजेन्डा सेटिङको अवधारणा एजेन्डा बिल्डिङमा रूपान्तरित हुनुपर्छ, जहाँ मिडिया, सरकार र सार्वजनिक प्रभावको संयुक्त प्रक्रियामा खारिएपछि कुन मुद्दालाई महŒवपूर्ण मान्ने भन्ने विषयमा जनमतका आधारमा टुङ्गो लाग्न सक्छ ।
विभिन्न कालखण्डमा समाजमा आमसञ्चारमाध्यमको प्रभावका सम्बन्धमा अध्ययन हुँदै आएको छ । प्रभावको तीव्रता वा प्रकृतिसम्बन्धी धारणामा बहस हुँदै आएको भए पनि आमसञ्चारमाध्यमको प्रभाव हुन्छ भन्ने विषयमा कुनै विमति छैन । तर, जनसरोकारभन्दा पृथक वा कुनै मिडिया आउटलेटले थापरेको एजेन्डा भने धेरै काल टिक्न सक्दैन । 
(लेखक त्रिविमा आमसञ्चार तथा पत्रकारिता अध्यापन गराउनुहुन्छ ।)
 
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Related Keywords

United States , , Inflated Television , Social Issue , Public United States , ஒன்றுபட்டது மாநிலங்களில் , சமூக பிரச்சினை ,

© 2024 Vimarsana