यतिखेर नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा विभाजन भएर कुनै सत्तापक्ष भएका छन्, त कुनै प्रतिपक्षमा छन् । कोही भूमिगत छन् त कोही अर्धभूमिगत रूपमा अस्तित्वमा छन् । नेपाल कम्युनिस्ट पार्टी अहिलेसम्म जुटेको भन्दा फुटेको इतिहास धेरै छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आफ्नो ७२ वर्षे इतिहासमा लगभग त्यति नै पटक फुटेको देखिन्छ । टुटफुट र विभाजनको यो विरासतीय शृङ्खला यतिखेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट फुटेर नेकपा (एकीकृत समाजवादी)सम्म आइपुगेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नै आन्तरिक विवादका कारण अदालतको फैसला