देशकै ठूल&#x

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिकाभित्रका करिब एक हजार २०० बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण शुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुयो । उहाँका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ ।

Related Keywords

China , Japan , India , Bagmati River , India General , Pokhara , Nepal General , Nepal , Bharat , Sarlahi Bagmati , Thapa Bagmati , Lekhanath Poudel , Office Sarlahi , Blake Act , Bharat Lake Act , Lake Construction Start , Chief District Officer Pokharel , Lake Titicaca , Lake Nepal , சீனா , ஜப்பான் , இந்தியா , பாக்மாடி நதி , போகற , நேபால் , பாரத் , ஏரி நாடகம் , ஏரி டிடிக்க ,

© 2025 Vimarsana