vimarsana.com

कोभिड–१९ विरुद्ध लगाइएका खोपले स्तनपान, गर्भवती महिला र गर्भलाई असर नगर्ने अनुसन्धानबाट पुष्टि भएपछि अमेरिकी सरकारले गर्भवती महिलालाई खोप लगाउन अगस्टमा स्वीकृति दिएको छ । गर्भवतीमा सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले डेल्टा भेरियन्टको उच्च जोखिम न्यूनीकरण गर्न खोप अनिवार्य छ । कोरोना सङ्क्रमणका कारण प्री–इक्लाम्प्सिया, बच्चा छिटो जन्मने, गर्भमै बच्चाको मृत्युको सम्भावनाजस्ता समस्या बढाएको छ । सङ्क्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कमतौलको बच्चा जन्मिन सक्छ । दुर्लभ सम्भाव्यता भए पनि कोरोना भाइरस भ्रूणमा प्रसारित हुनसक्छ । तथापि गर्भपतनको जोखिम कम छ अर्थात् खोप लगाएका र नलगाएकामा १३ प्रतिशत बराबर छ । अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिड–१९ विरुद्धको खोप प्रयोग भइरहेको छ । अमेरिकामा २३ प्रतिशत बढी गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाएका छन् ।

Related Keywords

United States , Nepal , , Supreme Court , World Health The Association , World Health , Center Feb Nepal , Health Promotion To School , Health Ministry , Development The , Public The , Supreme Court August , More The , Milk , Milk Khan , Health Promotion ,

© 2024 Vimarsana

vimarsana.com © 2020. All Rights Reserved.