Live Breaking News & Updates on Nepal main

Stay informed with the latest breaking news from Nepal main on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in Nepal main and stay connected to the pulse of your community

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बहराइनसँग खेल्दै

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बहराइनसँग खेल्दै
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Megha , Bangladesh-general- , Bangladesh , Qatar , Kathmandu , Bagmati , Nepal , Sheikh-ali , Madinat-ash-shamal , Bhutan , Mohammed-al ,

मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुबै तयार

मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुबै तयार
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Mumbai , Maharashtra , India , Admin-center , Young , Dashrath-stadium , Wednesday-the-nepal , Nepal-main

पाँच हजार पर्यटन मजदुरलाई रोजगारी

पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुर र श्रमिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराइने भएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा छोटो समयका लागि रोजगारी उपलब्ध गराउन लागेको हो । कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएकाले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रोजगारी प्रदान गर्न लागिएको बोर्डले जनाएको छ । दुई वर्ष छ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी हुनेछ ।

Nepal , Kathmandu , Bagmati , Karnali , Nepal-tourism-board-united-states-development , Nepal-association , Tourism-region , Tourism-board , Tour-end-travel , More-tourism , Mountain-ascension

'नेपालमा चीन र भारत दुवैको चासो अझ बढ्नेछ' – Online Khabar

'नेपालमा चीन र भारत दुवैको चासो अझ बढ्नेछ' – Online Khabar
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Afghanistan , Mumbai , Maharashtra , India , China , Saudi-arabia , Delhi , Russia , Kabul

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

India , Nepal , Kathmandu-valley , Nepal-general- , Nepalese , King-mahendra , Prithvi-shah , Commission-office , Center-nepal , Legislature-parliament , Public-service-commission , Center-municipality

तेस्रो लहरमा होसियारी (सम्पादकीय)


तेस्रो लहरमा होसियारी (सम्पादकीय)
  
शेयर गर्नुहोस:
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विज्ञहरूले कोरोना महामारीको तेस्रो लहरको चेतावनी दिइरहेका छन् । सङ्क्रमणको जोखिम बढेको भन्दै आवश्यक तयारीका लागि आग्रहसमेत गरिएको छ । सोमबार एक सरकारी अधिकारीले नै आगामी असोज महिनादेखि कोरोना महामारीको तेस्रो लहर सुरु हुने र पाँच महिनामा दुई लाख सङ्क्रमित थपिने भयावह प्रक्षेपण सार्वजनिक गर्नुभएको छ । अहिले सङ्क्रमण केही मत्थरजस्तो देखिए पनि झन्डै डेढ महिनादेखि सङ्क्रमण दर २०,२१ प्रतिशतको हाराहारीमा रहँदै छ । यो स्थितिले निकट भविष्यमा सङ्क्रमण बढ्ने अनुमान गरिँदै आएको छ ।
असार २९ गते गठन भएको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले नै असोजसम्ममा एक तिहाइ जनतालाई खोप लगाउने र चैतसम्ममा सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएको थियो । १८ वर्षमाथिको उमेर समूहमा सवा दुई करोड नागरिक छन् । एक तिहाइ जनसङ्ख्याका लागि आवश्यक खोप उपलब्धता करिब सुनिश्चित भएको छ भने चैतसम्म तीन करोड मात्रा
खोप ल्याइसक्ने सरकारी अधिकारीले बताएका छन् । तर खोपको प्रबन्ध गर्न निकै मिहिनेत गर्नुपर्ने देखिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत पाउने र सरकारले किन्न चाहेको खोप सहज रूपमा उपलब्ध हुनसके लक्ष्य हासिल गर्न सजिलो हुनसक्छ । उपलब्ध खोप लगाउन पनि चुनौतीपूर्ण छ । हामीसँग भएको जनशक्ति र पूर्वाधार, दुर्गम स्थानसम्म खोप पु-याउनुपर्ने र मौसमलगायत कारणले चाहेअनुसार खोप लगाउन सक्ने अवस्था छैन । एक खोप लगाए पुग्ने जोनसन खोप लगाउनेको सङ्ख्या सोमबारसम्ममा दुई लाख ६५ हजार ६८६ पुगेको छ । दुई मात्रा लगाउनुपर्ने कोभिसिल्ड र भेरोसिल ३४ लाख पाँच हजार १५४ जनाले पहिलो मात्रा र ११ लाख ५७ हजार ७३० जनाले दुवै मात्रा लगाएका छन् । अहिलेसम्म १८ वर्षमाथिको उमेर समूहका करिब पाँच प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन् ।
कोरोना भाइरसबाट मुक्ति पाउन नसकिने वा धेरै समय लाग्ने विज्ञले बताउँदै आएका छन् । कोरोना भाइरसको नयाँ रूप देखा पर्दै जाने र त्यसले महामारीको लहर ल्याइरहेको छ । पछिल्लो पटक ‘डेल्टा भेरियन्ट’ले विश्वलाई महामारीको चपेटामा पारिरहेको छ । अब तेस्रो लहरको मुखमै रहेको अवस्थामा खोपको सहज उपलब्धता, सङ्क्रमितको उपचारका लागि पर्याप्त शøया, अक्सिजन, भेन्टिलेटर, आईसीयू र औषधिको सुनिश्चितता तथा स्वास्थ्य मापदण्ड पालना नै यो महामारीबाट बच्ने उपाय हुनसक्छ । समुदाय स्तरमै सङ्क्रमण फैलिएकाले फेरि सङ्क्रमण बढ्ने आशङ्का गर्न थालिएको छ । भारतमा सङ्क्रमण दर बढ्न थालेको सङ्केत देखिन थालेको र दुई तिहाइ जनसङ्ख्या कोरोनाको जोखिममा रहेको अनुमान गरिएको छ । भारतको यो स्थितिले नेपालमा जोखिम बढाएको छ । दोस्रो लहरलाई भयावह बनाउन राजनीतिक दलहरूका सभा, जुलुसले सहयोग गरेजस्तै अहिले पनि त्यस्तै कार्यक्रम हुन थालेकाले सङ्क्रमितको सङ्ख्या अपेक्षित रूपमा नघटी स्थिर रहेको अनुमान छ । अब नेपालीका मुख्य चाडपर्व आउने भएकाले सङ्क्रमणको जोखिम उच्च हुनेछ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोपको उपलब्धता पहिलो सर्त हो । विश्वमै कम उत्पादन भइरहेकाले पैसा तिर्दैमा खोप पाइने अवस्था छैन । अनुदान, सहयोगमा पाइने खोप कहिले, कति पाइन्छ भन्ने टुङ्गो हुँदैन । महामारी बढेपछि सङ्क्रमित र मृत्युको सङ्ख्या देखाएर हारगुहार गर्ने विगतको प्रवृत्ति अन्त्य हुनुपर्छ । सङ्क्रमितको उपचारका लागि आवश्यक सुविधाका लागि पनि अहिलेदेखि नै तयारी चाहिन्छ । विगतको तुलनामा खोप र स्वास्थ्य सामग्री, उपकरणको उपलब्धता बढेको भए पनि तिनको व्यवस्थापनामा चुनौती देखिएको छ । उपकरण भए पनि तिनको प्रयोग हुन नसकेका उदाहरण धेरै छन् । यसका लागि स्वास्थ्य क्षेत्रको नेतृत्व योग्य, सक्षम र इमानदार व्यक्तिको हातमा हुनुपर्छ । यो क्षेत्र विवादमुक्त हुनुपर्छ र पारदर्शिता अपनाउनुपर्छ । विगतका घटनाबाट वर्तमान सरकारले पाठ सिक्दै जनस्वास्थ्यका विषयमा गम्भीर बन्नैपर्छ । महामारीको समयमा पनि खोप लगाएका व्यक्तिले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।
 
यो पनि हेर्नुहोस्

India , Nepal , Current-council-of-ministers , Population-ministry , Current-council , Nepal-main , இந்தியா , நேபால் , பாப்யுலேஶந்-அமைச்சகம் , தற்போதைய-சபை ,

विद्युत उत्पादन बढ्दै, रणनीतिक व्यवस्थापन भए आर्थिक लाभ

विद्युत उत्पादन बढ्दै, रणनीतिक व्यवस्थापन भए आर्थिक लाभ
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , India , Sherpa-kathmandu , Electrical-admin , Nepal-main , India-nepal , Urgent-the , Admin-interim , Project-admin

'पोष्ट-कम्युनिष्ट युग' मा दलीय पुनर्गठनको प्रवृत्ति – Online Khabar

'पोष्ट-कम्युनिष्ट युग' मा दलीय पुनर्गठनको प्रवृत्ति – Online Khabar
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Germany , Jhapa , Nepal-general- , Nepal , Afghanistan , United-states , India , China , Czech-republic , Russia , Russian , East-germany

धानमा आत्मनिर्भर हुने दिशामा (सम्पादकीय)


धानमा आत्मनिर्भर हुने दिशामा (सम्पादकीय)
  
शेयर गर्नुहोस:
आज राष्ट्रिय धान दिवस । असार १५ गते दही चिउरा खाने र हिलोमा पस्ने हाम्रो संस्कृति र परम्परा छ । यही दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँँ महोत्सवको रूपमा मनाइँदै आएको छ । ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ आज १८औँ राष्ट्रिय धान तथा रोपाइँँ दिवस मनाइँदैछ ।
धान नेपालको मुख्य खाद्यान्न बाली हो । कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १५ प्रतिशत योगदान मात्रै होइन, धान खाद्यसुरक्षा, रोजगारी र आयआर्जनका दृष्टिले पनि अति महìवपूर्ण छ । कुल क्षेत्रफलको ४७ प्रतिशत भूभाग अर्थात् करिब १५ लाख हेक्टरमा धान खेती हुन्छ । अन्नबाली लगाइने कुल क्षेत्रफलको ४३ प्रतिशतमा धान खेती गरिन्छ । गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । तर माग ६२ लाख मेट्रिक टन रह्यो । अर्थात् छ लाख मेट्रिक टन धान अपुग हुने स्थिति छ । सरकारी तथ्याङ्कले नेपालमा वर्षभरिका लागि एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिने देखाउँछ । मकै, कोदो, गहुँजस्ता अन्य बालीसमेत गर्दा हामी खाद्यान्नमा आत्मनिर्भर छौँ । तर कुल खाद्यबाली उत्पादनको ५३ प्रतिशत हिस्सा ओगट्ने धानकै मात्र हिसाब गर्ने हो भने केही अपुग छ । यो हाम्रो खाने बानी र उपभोक्ता बास्नादार चामलप्रति आकर्षित भएर पनि हो । यही कारणले चामल आयात गर्नुपर्ने अवस्था छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको १० महिनामा भारतबाट ४४ अर्ब ४६ करोड रुपियाँको चामल आयात भएको छ । यो यसै अवधिको कुल आयातमा साढे तीन प्रतिशत हो ।
माग बढ्दो क्रममा रहेकाले धानको उत्पादन र उत्पादकत्व वृद्धिविना आत्मनिर्भर हुन सकिँदैन । यसका लागि पूर्वाधार र प्रविधिमा सुधार चाहिन्छ । धानखेती आकासे पानीमै निर्भर छ, कुल धान खेतीमध्ये एकचौथाइभन्दा कम क्षेत्रफलमा मात्रै वर्षैभरि सिँचाइको सुविधा भएकाले धान उत्पादनमा सोचेअनुसार वृद्धि गर्न सकिएको छैन । वर्षा मात्रै होइन, समयमा उन्नत बीउबिजन, रोग, कीटनाशक विषादी र मल नपाउँदा पनि धान उत्पादन प्रभावित हुने गरेको छ । जनसङ्ख्या वृद्धिसँगै माग बढ्दै जाने, श्रमशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने, कृषिमा यन्त्रीकरण र आधुनिकीकरण हुन नसक्ने, उत्पादन लागत उच्च हुनेजस्ता समस्याले धान खेती व्यावसायिक बन्नसकेको छैन । केही प्रयास भएका छन् तर धानमा आत्मनिर्भर हुन अझै धेरै गर्न बाँकी छ । उत्पादकत्व धेरै भएका नयाँ जातका धान विकास गरिएको छ, किसानलाई प्रोत्साहन गर्दै अनुदान दिने व्यवस्था छ । कृषिमा आधुनिकीकरणमा जोड दिइएको छ । परिणाम स्वरूप विगत तीन दशकमा धान उत्पादन ६० प्रतिशत र उत्पादकत्व ५९ प्रतिशतले बढेको छ । तर पनि धानको माग आन्तरिक रूपमै पूरा गर्नसक्ने स्थितिमा भने पुग्न सकिएको छैन ।
धान हामी नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षसँग जोडिएको र जीवनशैलीको अभिन्न हिस्सा नै हो । नेपालीको चलन, संस्कृति र जीवनशैलीमा दुई छाक दाल भात नेपालीको आहारको न्यूनतम स्तर हो । केही समय अघिसम्म धानको भातको सट्टा मकै, कोदो वा गहुँको ढिँडो वा रोटीले पनि गुजारा चल्थ्यो । तर अहिले धानको चामलकै भात चाहिन्छ । र, त्यो पनि मसिनो र बास्नादार चामल चाहिने उपभोक्ताको सङ्ख्या बढिरहेको छ । खाने मुख बढेर मात्रै होइन, जिब्रो स्वादे भएकाले पनि धानको माग बढाएको हो । त्यसैले धानको उत्पादन बढाउनुपर्ने आवश्यकता त छँदैछ, मागअनुसारको उत्पादन गर्नेतर्फ पनि ध्यान दिन जरुरी छ । राम्रो गुणस्तर र उपभोक्ताले रुचाएको बास्नादार र मसिनो चामलको उत्पादन बढाउनेतर्फ ध्यान दिन आवश्यक छ । कृषि उत्पादन वृद्धि र व्यावसायीकरणका लागि सरकारले दिने अनुदानलगायतका सुविधाको प्रभावकारिता ल्याउनुपर्छ । यसले मात्रै आम नागरिकको जीवनस्तर सुधार गर्न सक्छ ।
 
यो पनि हेर्नुहोस्

India , Bali , Goa , Nepal , Nepal-main , இந்தியா , பாலி , கோவா , நேபால் ,