चीनको वुहान सहरमा सन् २०१९ को डिसेम्बरमा पहिलो पटक पहिचान गरिएको कोरोना भाइरस अहिले संसारभर एक प्रमुख स्वास्थ्य चुनौतीका रूपमा खडा भएको छ । कोरोना सङ्क्रमणका विभिन्न लहर फैलिएसँगै विश्वकै आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको छ । सङ्क्रमणसँग जुध्न पछिल्लो पटक विभिन्न प्रकारका खोपको आविष्कार र प्रयोग पनि सँगसँगै भइरहेका छन् । यसले केही हदसम्म अपेक्षाकृत सकारात्मक परिणाम पनि दिइरहेको देखिएको छ । यसैले कोरोना महामारीको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले विश्वका सबैजसो मुलुक आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने