Live Breaking News & Updates on National chandra

Stay updated with breaking news from National chandra. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

सिर्जनामा राष्ट्रिय झन्डा


सिर्जनामा राष्ट्रिय झन्डा
  
शेयर गर्नुहोस:
जीवनाथ धमला
राष्ट्रिय झन्डालाई कविता सिर्जनाको मूल विषय बनाएर धेरै स्रष्टाले कलम चलाएका छन्, चलाउँदै आएका छन् । राष्ट्रिय गीत वा देशभक्तिपूर्ण गीतमा पनि राष्ट्रिय झन्डाको गरिमा–गान गरिएको छ । राष्ट्रिय झन्डाको चर्चा एवम् गुनगान सामाजिक, साँस्कृतिक, राजनीतिक आदि सबै क्षेत्रमा गरिन्छ । आखिर नेपालको राष्ट्रिय झन्डाको शक्ति के हो त, जसले समाजका सबै क्षेत्रलाई आकर्षित गर्दै आएको छ ? मूलतः साहित्यकार वा स्रष्टा जगत्लाई सिर्जनाका लागि सामथ्र्य प्रदान गर्ने राष्ट्रिय झन्डाको सिर्जनात्मक गुरुत्वाकर्षण शक्तिको आधार के हो त ? यही प्रसङ्गलाई यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपालको राष्ट्रिय झन्डालाई संसारका प्रायः सबै देशका राष्ट्रिय झन्डाभन्दा पुरानो भएको विश्वास गरिन्छ । सूर्य र चन्द्रमा अङ्कित धातुनिर्मित झन्डा नेपालका कैयाँै शक्तिपीठमा देख्न पाइन्छ । वैदिक वाङ्मयमा वर्णन गरिएअनुसारका विधि र विश्वासका आधारमा शक्तिपीठमा झन्डाका प्रतीक स्थापना गरिएका हुन् भन्ने विद्वान् एवम् अनुसन्धाताहरूको भनाइ छ । त्यसैले नेपालको झन्डा वैदिक सभ्यताकालदेखि नै सनातन साँस्कृतिक आस्थाको प्रतीकका रूपमा प्रतिष्ठापित रहँदै आएको विश्वास गरिन्छ । लिच्छवि एवम् मल्लकाल हुँदै नेपालको राष्ट्रिय एकीकरणकालमा यो झन्डा विजयको निशानका रूपमा प्रयोग गरिएको थियो भन्ने भनाइ वरिष्ठ साहित्यकार तथा राष्ट्रिय झन्डाका अन्वेषक प्रा.डा. दयाराम श्रेष्ठको रहेको पाइन्छ; “लिच्छविकालमा पनि झन्डा प्रचलनमा थियो । मल्लकालमा पनि यही नै प्रचलनमा थियो । अहिलेको नेपालको झन्डा धार्मिक प्रचलन हुँदै साँस्कृतिक रूपमा अघि बढ्दै आएको हो । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दै जाँदा विजय हासिल गरेका राज्यमा आफ्ना बटालियनको परिचयका लागि समेत यो झन्डाको प्रयोग गरिएको थियो । झन्डा यस्तै आकारको थियो जस्तो अहिले छ ।” (जय स्वाभिमान, ले. प्रेम बानियाँ)
लिच्छवि राजा मानदेवले तिथिमितिको अभिलेखसहित चलनमा ल्याएको मानाङ्क मुद्रामा वर्तमानकै स्वरूपको राष्ट्रिय झन्डा अङ्कित रहेको कुरा संस्कृतिविद् एवम् शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले बताउनुभएको छ, “...राजा मानदेवको पाँचाँै शताब्दीको मानदेव मुद्रालाई नियाल्दा सो मुद्रामा सिंहले झन्डा समाएको देख्न सकिन्छ । वर्तमान झन्डाको आकृति त्यो मुद्रामा पनि अङ्कित भइरहेको पाइन्छ ।”
राष्ट्रिय झन्डामा दुई त्रिभुजाकार प्रतीक छन् । झन्डाको त्रिभुज वैदिककालमा प्रतिपादित प्रथम गणितीय सूत्र भएको विश्लेषण इतिहासकार ज्ञानमणि नेपालले गर्नुभएको छ । राष्ट्रिय झन्डामा देखिने रङलाई त्रिगुणका सङ्केत र ती सङ्केतले त्रिभावलाई बुझाउनेगरी प्रतिपादन र समावेश गरिएको भन्ने उहाँको भनाइ छ, “झन्डामा रहेका तीन रङलाई वैदिककालमा सत्व, रज र तम भनिन्थ्यो । अर्थात् रातोले वीरता, गौरव आदि सेतोले विद्या, ज्ञान, शान्ति आदि र नीलोले बाहिरी आक्रमणबाट रक्षा, शत्रुमाथि दमन आदिलाई जनाउँछ ।”
राष्ट्रिय झन्डामा अङ्कित चन्द्र र सूर्यले पनि विशेष अर्थ राख्छन् । सूर्य पृथ्वीका लागि सम्पूर्णतः ऊर्जाको स्रोत हो । चन्द्रमा पनि जीवनका लागि ऊर्जादायक मानिन्छ । प्राकृतिक शक्तिको सन्तुलन सूर्यको ताप र चन्द्रको शीतलताबाट अखण्डित रहन्छ । तिनका ऊर्जाबाट शरीरमा पर्ने सकारात्मक प्रभावबारे विवेचना हुँदै आएका छन् । इतिहासमा राजाहरूले सूर्य र चन्द्र अङ्कित झन्डालाई आफ्नै अनुकूल व्याख्या गराए । तर, यसको सम्बन्ध राजा वंशहरूसँग नभई वैदिक सभ्यता, एवम् सनातन संस्कृतिका साथै प्रकृति र मानव जीवनबीचको सहअस्तित्वसँग रहेको विद्वान्हरूको भनाइ पाइन्छ । सूर्य र चन्द्रद्वारा निःसृत प्रज्वलता र शक्तिको प्रभाव सम्पूर्ण सृष्टि जगत्मा अविराम रूपमा परिरहनुबाट पनि मानव जीवनको अस्तित्वसँग गाँसिएको तिनको प्रभावलाई महसुस गर्न सकिन्छ । हाम्रो जीवन र शरीरलाई नै प्रतिनिधित्व गर्ने शीतलता र उष्णताका प्रतीकका रूपमा चन्द्र र सूर्यलाई झन्डामा अङ्कित गरिएको भन्ने चिन्तन प्रा.डा. श्रेष्ठको पाइन्छ, “...चन्द्रमालाई त्यसको चरित्रका हिसाबले शीतलता र हाम्रो मस्तिष्कको प्रतीक र सूर्यलाई दिन तथा उष्णात्मा अर्थात् हाम्रो मुटुको प्रतीकका रूपमा लिइने भएकाले त्यसमा अङ्कित गरिएको हो, चन्द्रलाई माथि र सूर्यलाई तल राखिएको हो ।” यस्तै प्रा. रामकुमार पाण्डेले भन्नुभएको छ; “चन्द्र –सूर्य दिन र रातको साक्षी मानिन्छन् । चन्द्र माथि रहनु भौगोलिक रूपमा उत्तर सूचक एवम् हिमयुक्त उत्तराखण्ड बोध हुन्छ । सूर्य तल रहनु दक्षिण अर्थात् उष्णबोधक हो । चन्द्र, सूर्य दुवै अँध्यारोनाशक शीतलता र प्रखरताका बोधक हुन् ।
(नेपाल परिचय)
यसरी चन्द्र र सूर्यलाई रात र दिन, शीतलता र उष्णता, मस्तिष्क र मुटु, प्रकृति एवम् सम्पूर्ण जीवजगत्का अनन्त ऊर्जा स्रोत एवम् गतिमयताका आधार र प्रतीक रूपमा लिइएको छ, अथ्र्याइएको छ ।
एकीकरणकालमा यस झन्डालाई वीरताको चिह्न वा प्रतीकका रूपमा प्रयोग गरियो । क्रमशः यो राष्ट्रिय स्वाभिमान, गौरव, राष्ट्रिय आदर्श, एकता र राष्ट्रियताको प्रतीकका रूपमा स्वीकारियो । नेपाली जातिकै परिचय र स्वाभिमानको प्रतीक यस झन्डाप्रति गुनगान गर्दै स्रष्टाले सिर्जना गर्न थाले । स्रष्टाले देशभक्ति गाथा गाउँदा यसै झन्डालाई विशेष महŒव दिन थाले । स्रष्टाले राष्ट्रिय स्वाभिमानको निशान यस झन्डामाथि लेख्दै गर्दा यसका नयाँ अर्थ र मर्मबारे पनि चिन्तन र अनुशीलन गर्दै आएका छन् । स्रष्टाका लागि राष्ट्रिय झन्डा सिर्जनाको आधार बनेको छ ।
‘झन्डा’ले देशको प्रतिनिधित्व गर्छ, राष्ट्रियतालाई प्रतिविम्बित गर्छ, स्वाभिमानलाई उँचो राख्छ । झन्डाले मुलुकको नागरिक हुनुको अर्थबोध गराउँछ । इतिहासलाई जीवन्त राख्छ । झन्डा मुलुकको परिचयको वाहक हो । झन्डाको इतिहास नै मुलुकको इतिहास हो । झन्डाविहीन राष्ट्र हुनै सक्दैन । त्यसैले स्रष्टा आफ्नो मुलुकको राष्ट्रिय झन्डाप्रति नतमस्तक बनेर यसको महिमागान गर्दारहेछन् ।
नेपाली कविमध्ये राष्ट्रिय झन्डाको महिमागान गर्दै कविता लेख्ने प्रथम कवि मोतीराम भट्ट हुन सक्छन् । उनीभन्दा पहिलेका कविहरूद्वारा राष्ट्रिय झन्डासम्बन्धी लेखिएका पद्यपङ्ति या कविता भए वा नभएको कुरा अध्ययन गर्दै जाँदा बुझ्न सकिएला । यद्यपि, गोर्खाली वीरता वा देशभक्ति झल्किने कविता भने लेखिएका पाइन्छन् । मोतीराम भट्टले नेपालको इतिहासको अध्ययन गर्नु स्वाभाविक थियो । भानुभक्तको जन्मस्थल तनहुँलाई एकीकरण अभियानक्रममा गोर्खा राज्यमा गाभिएको सन्दर्भ जोड्दै उनले गोर्खाली वीरताले संसारमै यश कीर्ति आर्जन गर्न सफल भएको चर्चा गरेका छन् । कवि मोतीरामले लेखेका छन्–
अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा ।
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा ।।
यवन्ले राज् गर्दा कति पतित हिन्दुस्थल भयो ।
फकत यो नेपाल्को मुलुक बचि कञ्चन् रहि गयो ।”
(कवि भानुभक्तको जीवनचरित्र)
नेपालको सूर्यचन्द्राङ्कित राष्ट्रिय झन्डाको गाथा यस लघुकवितामा राम्ररी प्रस्टिएको पाइन्छ । राष्ट्रिय झन्डालाई कविले राष्ट्रिय गौरवका रूपमा लिएका छन् । साहित्यिक सिर्जनामा राष्ट्रिय झन्डाको महिमा वर्णनले आमजनतामा राष्ट्रियताको भावना अभिवृद्धि गर्न ठूलो प्रेरणा प्राप्त हुने देखिन्छ । महाकवि देवकोटाद्वारा लिखित ‘झन्डागान’ कवितामा नेपाली जनमनलाई राष्ट्रोन्नतिमा जुट्न आह्वान गरिएको छ । गीतिशैलीमा यसको रचना गरिएको बुझ्न सकिन्छ । झन्डालाई शान्ति, वीरता एवम् धर्तीको नीलिमायुक्त प्राकृतिक सौन्दर्यको प्रतीकका रूपमा कविद्वारा अथ्र्याइएको पाइन्छ । यस सुन्दर ध्वजामुनि वास गरिरहेका नेपालीजनलाई राष्ट्रोन्नतिमा जुट्न महाकवि आह्वान गर्छन् । मुलुकवासीले आमाको दूधको ऋणमोचनका लागि आफ्ना सामूहिक हात उठाउनुपर्छ । हृदयमा नेपाली आत्माले वास गरिरहनुपर्छ;
दुधका हे ऋणका मोचक, झन्डा यो उचाल
यसका मनि हे नेपाली ! मिलन छाल छाल ।।
(लक्ष्मी गीतिसङ्ग्रह)
देवकाटा, राष्ट्रिय झन्डालाई नेपाली मात्रको सुख, शान्ति एवम् क्रान्तिको निशान मान्दै कर्मशील बनेर देशलाई उन्नत बनाउन अग्रसर हुन आह्वान गर्छन् । देशका लागि समर्पित र सिर्जनशील कर्म गरेर नै विश्वमा नेपालीको नाउँ सम्मानित रहन सक्छ भन्ने सन्देश कवितामा छ–
दलित, शुष्क देशलाई हृदयले बनाऊँ ।
स्वर्ग तूल्य, राखुँ जगमा नेपालीको नाउँ ।।
नेपालको राष्ट्रिय झन्डा सत्यको विजयको प्रतीक हो । राष्ट्रनिर्माण ठूलो त्याग र बलिदानीबाट मात्र सम्भव भएको हो । आशावादी बनेर सत्कर्म गर्दै यसको मुहारलाई समुज्ज्वल पार्न सकाँै, अनि मात्र हाम्रो गौरवको निशान अनन्तकालसम्म विजयीभावसाथ फर्फराइरहन सक्छ । नेपाली मात्रलाई शान्ति, सत्य, विजय, आशावाद, देशभक्ति, वीरता आदि ऊर्जाशील भाव सञ्चार गराउँदै राष्ट्रोत्थानको ऊध्र्वगामी यात्रामा हिँड्न प्रेरित गरिरहेको छ भन्ने सन्देश महाकवि देवकोटाद्वारा रचित ‘झन्डागान’ कविताबाट प्राप्त हुन्छ–
हृदय विन्दु सिन्धुको छ नील छाल शान्ति
फर्फराई हाँस्छ विजयी सत्य पथको क्रान्ति
यो अनन्तकाल ऊँचा राखूँ प्राण–सुन्दर ।
देवकोटाले २०१२÷०१३ सालतिर यसको रचना गरेका हुन् भन्ने अनुमान छ ।
नेपाली गद्यकविताका सशक्त अग्रणी कवि गोपालप्रसाद रिमालद्वारा रचित ‘जङ्गी निशान हाम्रो’ शीर्षक गीतमा नेपाली राष्ट्रिय झन्डाका बारेमा अन्यन्त सुन्दर एवम् प्रभावकारी शब्द संयोजन गरिएको छ । गीतमा नेपाली वीरताको गौरवशाली अतीतलाई बडो आल्हादकारी ढङ्गमा स्मरण गरिएको पाइन्छ । राष्ट्रिय झन्डा, हिमालझँै अटल रहिरह्यो, त्यस्तै नै रहिरहनेछ । साम्राज्यवादीसँग यसले कहिल्यै झुक्न, हार्न जानेन । यो चन्द्रसूर्याङ्कित नेपाली वीरताको निशान आकाशका चन्द्र –सूर्य रहेसम्म रहिरहनेछ भन्ने कुरा समेट्दै कवि रिमालले नेपाली जनताको राष्ट्रभक्ति भावनालाई राष्ट्रिय झन्डामार्फत सशक्त अभिव्यक्ति प्रदान गरेका छन्–
यो जन्मँदै जगतमा कैयाँै प्रहार आए
साम्राज्य दुुई हारे, हारेन शान हाम्रो
जबसम्म चन्द्र सूर्जे आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो । 
(आमाको सपना)
रिमालद्वारा रचित यस गीतमा सङ्गीत तथा स्वर संयोजन पनि गरिएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठले ‘निशान गीत’ शीर्षकमा राष्ट्रिय झन्डाको गुनगान गरेका छन् । यस कवितामा कविले झन्डालाई नेपालीको राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गर्दै जस्तोसुकै अप्ठ्यारो स्थिति आए पनि यसको गौरवगाथालाई झुक्न नदिने प्रण गरेका छन् । अनेक जातजातिको त्याग, तपस्या शक्ति, पराक्रमबाट निर्माण भएको नेपाल राष्ट्रको गौरव एवम् स्वाभिमानको साझा निशान नै राष्ट्रिय झन्डा भएको अभिव्यक्ति कविले निशान गीतमा प्रस्तुत गरेका छन् । अनेकाँै भाषा, भेष एवम् राजा रङ्क सबैलाई जोड्ने अनि अनेकौँ जातजातिको फूलबारीमा फुलेको रातो फूल भन्नु नै हाम्रो रातो झन्डा भएको अनुभूति कविले गरेका छन्–
सब जातिको फूलबारीमा लागी हरियाली चेतन ।
हाम्रो एकता–बोट फूलेको यो हो त्यसकै लाल सुमन ।।
(मेरो प्रतिविम्ब)
विषयवस्तु एउटै भए पनि कवितामा भाव सञ्चारण र प्रस्तुतिका शैली फरक हुन्छन् । देवकोटाको ‘झन्डागान’ र घिमिरेको ‘राष्ट्रिय झन्डा’ मा पनि त्यस्तै भिन्नता देखिनु स्वाभाविक रहन्छ । देवकोटीय झन्डागानले पाठकका हृदय मर्मस्थलीलाई कोमल मुलायम स्पर्शद्वारा आनन्दित तुल्याउँछ भने घिमिरीय राष्ट्रिय झन्डाले पाठक हृदयलाई प्रचुुर वीरत्व भावद्वारा झङ्कृत, तरङ्गित तुल्याउँछ ।
हाम्रो बस्ती छ उच्चा शिखर हिमचुली देशको टाकुरामा
हाम्रो आदर्श उच्चा झलल रवि शशी हेर हाम्रो ध्वजामा !
(चैत–वैशाख)
नेपाली जाति संसारमा वीर जातिका नामबाट सुप्रसिद्ध छ । वीरता नै नेपाली आदर्श हो । हिमाली राष्ट्र नेपालको आकाशमा चम्किरहने चन्द्र –सूर्य राष्ट्रिय झन्डाले पनि उसैगरी चम्किँदै हाम्रो आदर्श र गौरवलाई प्रकाशपूर्ण बनाइरहेको छ । नेपाली सभ्यता संस्कृति एवम् भाषा कलाको निर्माण यहीँको माटोद्वारा निःसृत चैतन्यबाट भएको हो । सनातन आध्यात्मिक विश्वास एवम् बौद्ध बोधिसत्वद्वारा नेपाली आत्मा ज्योतिर्मयी बनेको छ । नेपाली जाति जो जहाँ भए पनि सबैको उद्देश्य नेपाल राष्ट्रको मुहारलाई उज्यालो बनाउनु हो ।
राष्ट्रिय झन्डाले जगत्सामु नेपाली मात्रको शान, सामथ्र्य र सुकीर्ति गाथा गाइरहेको छ । यही र यस्तै वीर रसपूर्ण राष्ट्रिय गौरवगानलाई कविवर माधव घिमिरेले यस कवितामा अभिव्यक्त गरेका छन्–
यहि झन्डा घाम झुल्का हिमगिरि शिरको विश्वको नैन तारा
पुर्खाको रक्ताधारा सिउर विजयको वीरताको सितारा
नेपाली मात्रलाई चल चल चलको नित्य नौलो इशारा
छाँयामा बस्नलाइ हिलमिल जगतैलाई प्यारो पुकारा ।
राष्ट्रिय झन्डासम्बन्धमा रचिएका र त्यसमा नेपाली इतिहासको वीरगाथा गाइएका कवितामध्ये यो कविता सर्वाधिक सशक्त रहेको महसुस हुन्छ ।
स्रष्टाले राष्ट्रिय स्वाभिमानको निशान यस झन्डामाथि सिर्जना गर्दै जाँदा यसका नयाँ–नयाँ अर्थ र मर्मसम्बन्धमा पनि चिन्तन र अनुशीलन गर्दै आएका छन् । स्रष्टाका लागि राष्ट्रिय झन्डा सिर्जनाको आधार बन्दै आएको देखिन्छ । लेखक एवम् स्रष्टाले यही सूर्यचन्द्राङ्कित राष्ट्रिय ध्वजाका माध्यमबाट आमजनतामा राष्ट्रिय चैतन्य, देशभक्ति एवम् राष्ट्रियताको भावना विस्तार गर्न विशेष भूमिका खेल्दै आएका छन् । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्
कृष्णमुरारी भण्डारी
सल्लाहकार सम्पादक :
गाेपाल खनाल
सम्पादक :
सूचना तथा प्रशारण विभाग दर्ता:
१५३८/०७६-७७

Milan , Lombardia , Italy , Nepal , Ram-pandey , Siddhicharan-shrestha , Dayaram-shrestha , It-national , National-chandra , Land-national-old , Ghimire-national , National-madhava-ghimire

First-time buyers snap up properties in Dubai after pandemic drives prices down


advantage of falling property prices caused
by the Covid-19 pandemic to buy their first
homes in the emirate.
The National spoke to first-time buyers who benefited from the unexpected opportunity to put down roots in Dubai.
Property prices were 8 per cent lower year-on-year in Dubai and 4 per cent lower in Abu Dhabi during the fourth quarter of 2020,
in part because of the wide-ranging economic effects of coronavirus.
It turned out that having a mortgage and renting a property would end up costing me around the same anyway
Tariq Rao
“I was initially thinking of upgrading by renting a bigger apartment than the one I was living in but then the pandemic happened,” said Australian Tariq Rao, 51.

Australia , British-council , Dubayy , United-arab-emirates , Dubai , India , United-kingdom , Scotland , Australian , Al-furjan , Chris-whiteoak , Sujatha-dake