Live Breaking News & Updates on கபிழ்வஸ்த்து

Stay updated with breaking news from கபிழ்வஸ்த்து. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

नेपालले ईयूलाई पठायो थप प्रमाण


   बास्मतीको अधिकार प्रकरण   
नेपालले ईयूलाई पठायो थप प्रमाण
  
शेयर गर्नुहोस:
सुरेशकुमार यादव
काठमाडौँ, असार १९ गते । नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण ईयूलाई पठाएर बास्मती धानको भौगोलिक सङ्केत अधिकार आफ्नो रहेको दाबी गरेको थियो ।
तर ईयूले केही दिनअघि ती प्रमाणबारे थप स्पष्ट पार्न नेपाललाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा नेपालले पठाएका आफ्ना प्रमाणबारे थप स्पष्ट पार्दै अन्य थप चारवटा प्रमाण ईयूलाई पठाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बास्मती धानको भौगोलिक सङ्केत अधिकार हाम्रो हो भनी ८० वटा प्रमाण पठाएका थियौँ । त्यसपछि भारतले पनि दाबी पेस गरेपछि ईयूले नेपालका प्रमाणबारे थप केही बुझ्न चाहेको भन्दै हामीलाई पत्र पठाएको थियो । हामीले ती प्रमाणलाई स्पष्ट बुझ्ने भाषामा बनाएर अन्य थप प्रमाण पनि पठाएका छौँ । ”
अबको एक महिनापछि त्यसको परिणाम आउने उहाँले बताउनुभयो । बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ नेपालको हो भनी आफूहरूले यथेष्ट प्रमाण दिएका कारण त्यसको अधिकार नेपालले प्राप्त गर्ने कुरामा आफूहरू ढुक्क रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक एवं बास्मती धानबारे अध्ययन गर्न बनेको समितिका संयोजक डा. बालकृष्ण जोशीले आफूहरूले धेरै प्रमाण पठाएका कारण ईयू अलमलमा परेकोजस्तो देखिएको बताउनुभयो । उहाँले अहिले तिनै प्रमाणलाई छोटोछोटो पारी बुझ्ने गरी पठाएको बताउनुभयो । ती प्रमाणहरूलाई थप सहयोग पुग्नेगरी अझै चारवटा प्रमाण पठाएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा पाउने नेपाली ब्रान्डका बास्मती चामलको ब्रान्डको फोटा, राजपत्रमा बास्मती धानबारे प्रकाशित सूचनाको प्रतिलिपि, ब्रिटिस सरकारले नेपाल–भारतका लागि बनाएको नक्सा र बास्मती धानको ट्रेडमार्क पठाएको उहाँले जानकारी दिनुभयो ।
सुरुमा भारत र पाकिस्तानले बास्मती धान आफ्नो देशको आधिकारिक हो भनी दाबी गरेपछि नेपालले पनि आफ्नो हो भनी दाबी गर्दै पत्र पठाएको थियो । त्यसपछि बास्मती धानको आधिकारिताका लागि तीन देशको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । यसरी बास्मती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई आआफ्नो प्रमाण पेस गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार तीनवटै देशले आआफ्ना देशबाट प्रमाणहरू जुटाइरहेका छन् । राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीको नेतृत्वमा बास्मती धानबारे अध्ययन गर्न समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाणहरू जुटाएर गत मङ्सिरमा ईयूलाई पठाएको थियो ।
सन् १९६० देखि नेपालमा रहेका प्रमाणबारे अध्ययन गरी ईयूलाई प्रतिवेदन बुझाएको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । रुपन्देही, कपिलवस्तुको लुुम्बिनीमा गएर त्यहाँका किसानसँग पनि कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग कुराकानी गरिएको प्रमाण भिडियोसहित पेस गरिएको छ । सांस्कृतिक, आर्थिक, समाजिक तथा साङ्गीतिक रूपमा पनि बास्मती धानबारे अध्ययन गरेर ईयूलाई पठाएको उहाँले बताउनुभयो ।
यसको उत्पादन भौगोलिक रूपमा तराई क्षेत्रमा भएको छ । विभिन्न प्रमाणले पनि त्यस्तो देखाएको छ । यहाँसम्म कि भारतले पनि आफ्नो प्रतिवेदनमा बास्मती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको नार्कले दाबी गरेको छ । त्यसले गर्दा नेपालको दाबी नै पुष्टि हुने नार्कका वैज्ञानिकले जनाएका छन् ।
बास्मती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएको छ भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बास्मती धानका जात रहेका छन् जसलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जिन बैङ्कमा बास्माती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले बताउनुुभयो ।
नेपालको लोकल बास्मती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ । यो धानको उत्पत्ति केन्द्र तराई मधेस क्षेत्र नै मुख्य हो । यो कुरा नेपालको दस्तावेजमा मात्र होइन, भारतलगायत विभिन्न देशको दस्तावेजमा पनि पाइन्छ । बास्मती धान र यसको जातका बारेमा विभिन्न पुस्तक, पत्रपत्रिका, जर्नल, बुकलेटमा उल्लेख गरिएको छ, जुन अन्तर्राष्ट्रिय रूपमा पाइन्छ । सामुदायिक बीउ बैङ्कले बास्मती धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन् । नेपालका विभिन्न कम्पनीले बास्मती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गर्दै आएका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

India , United-kingdom , Rupandehi , Nepal-general- , Nepal , Madhes , Uttaranchal , Kapilvastu , British , Bal-joshi , National-jin , International-jin-nepal

डाइभर्सनले कालीगण्डकी सुकाउँदैन, परियोजना नबनाए भावी पुस्ताले धिक्कार्छ

डाइभर्सनले कालीगण्डकी सुकाउँदैन, परियोजना नबनाए भावी पुस्ताले धिक्कार्छ
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

India , Rupandehi , Nepal-general- , Nepal , Karnali , Mahakali , Nawalparasi , Chitwan , Kapilvastu , Butwal , Rapti ,

कालीगण्डकी डाइभर्सन : संघीयतामा द्वन्द्वको बीउ बन्दै जलस्रोत

कालीगण्डकी डाइभर्सन : संघीयतामा द्वन्द्वको बीउ बन्दै जलस्रोत
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

India , Gandaki-river , India-general- , Rupandehi , Nepal-general- , Nepal , Rampur , Uttar-pradesh , Syangja , Baglung , China , Chetan

EDITORIAL: Seek consensus

EDITORIAL: Seek consensus
thehimalayantimes.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from thehimalayantimes.com Daily Mail and Mail on Sunday newspapers.

Japan , Kaligandaki , Nepal-general- , Nepal , Tanahun , Gandaki , Rupandehi , Syangja , China , Bheri , Butwal , Tinau-river

Gandaki chief minister warns of protest

Gandaki chief minister warns of protest
thehimalayantimes.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from thehimalayantimes.com Daily Mail and Mail on Sunday newspapers.

Kaligandaki , Nepal-general- , Nepal , Gandaki , Rupandehi , Khadka , Chitwan , Tinau , Kapilvastu , Rapti , Kularaj-chalise , Kedareswor-mahadev-mani-sewashram

अरनिको : स्वदेशमा 'अपरिचित', विदेशमा प्रसिद्धि ! – Online Khabar

अरनिको : स्वदेशमा 'अपरिचित', विदेशमा प्रसिद्धि ! – Online Khabar
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

China , Kathmandu , Bagmati , Nepal , Kapilvastu , Nepal-general- , Tibet , Xizang , Chinese , Nepalese , King-nepali

nepal accident news today

nepal accident news today
hicarquitectura.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from hicarquitectura.com Daily Mail and Mail on Sunday newspapers.

India , Rautahat , Nepal-general , Nepal , Kathmandu , Bagmati , Kapilvastu , Australia , United-states , Makwanpur , New-delhi , Delhi

अघि बढ्दै कालिगण्डकी – तिनाउ डाइभर्सन


अघि बढ्दै कालिगण्डकी – तिनाउ डाइभर्सन
  
शेयर गर्नुहोस:
रुपन्देही, असार १२ गते । कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले गति लिने भएको छ । बुटवलमा कार्यालय स्थापना भएसँगै अब आयोजनाले गति लिने भएको हो । कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पु¥याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । यो आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलमा उद्घाटन गर्दै हुुनुहुन्छ ।
रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका शहरहरुमा जनघनत्व बढ्दै जाँदा सुक्दै गएको तिनाउ नदीमा पानीको पुनःसञ्चितीकरणका लागि उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ । आयोजनाको प्रारम्भिक अध्ययन सकेर अहिले विस्तृत परियोजना प्रतिवेदनको काम शुरु भएको छ । बुटवलमा कार्यालय स्थापनासँगै अब यो वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कार्यालय स्थापनाको उद्देश्य मूलतः यो परियोजनाको डिपिआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताउनुभयो । आगामी एक वर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको आयोजनाले बताएको छ ।
यो परियोजना सम्पन्न भएपछि रुपन्देही र कपिलवस्तुमा सिँचाइको पर्याप्त व्यवस्था हुने र विद्युतको उत्पादनसमेत बढ्ने दावी विज्ञहरुले गर्दै आएका छन् । तिनाउ नदीका विषयमा लामो अध्ययन गर्नुभएका इञ्जिनीयर खेटराज दाहालले तिनाउ नदीमा पानी सुक्दै जाने विकराल अवस्था रहेकाले कालीगण्डकी डाइभर्सनको कुनै विकल्प नरहेको बताउनुहुन्छ ।
प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले ठूलो वातावरणीय चुनौती ल्याउने भन्दै माथिल्लो तटीय क्षेत्रका स्थानीयले भने यो आयोजनाको विरोध गर्दै आएका छन् । उपप्रधानमन्त्री पौडेलले भने कालीगण्डकी नदीको सभ्यता र यसको वातावरणीय अध्ययन गर्दै माथिल्लो तटीय क्षेत्रका जनतालाई चित्त बुझाएर मात्र आयोजनाको काम अघि बढ्ने बताउनुभएको छ ।
कालिगण्डकी – तिनाउ डाइभर्सन सुनिश्चित भएको जनाउ दिन नदी डाइभर्सनपछि तिनाउ र दानवमा विकास हुने जलप्रवाह र त्यसको ब्यवस्थापनका लागि दुवै नदी किनारामा सडक निर्माण गर्न तिनाउ दानव करिडोर आयोजनाको काम अघि बढाइएको छ । डाइभर्सनपछि निकट भविष्यमा तिनाउ नदीमा पानीको सतह स्वतः बढ्ने भएकाले दुवै नदीहरुको तटबन्ध सहित नदी किनारामा ब्यवस्थित सडक निर्माणको काम अघि बढाइसकेको र तिनाउमा कालीको पानी आउनुअघि यो आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पौडेलको भनाइ छ ।
यसरी आउनेछ तिनाउमा पानी
कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजना राष्ट्रिय सिँचाइ गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको एउटा परियोजना हो । गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ७ किलोमिटरका दुइ वटा सुरूङमार्फत तिनाउ नदीमा खसालिनेछ ।
सिँचाइ विभागका अनुसार कालीगण्डकीबाट तिनाउमा अन्तरजलाधार स्थानान्तरण गरी विद्युत् निकाल्ने र ट्रेलकेस अर्थात् विद्युत् उत्पादनमा प्रयोग भई बगेको पानीलाई सिँचाइमा प्रयोग गरिने गरी परियोजनाको डिपिआर बन्दैछ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिनेछ ।
२७ किलोमिटर सुरूङमार्फत दोभानमा १ सय मेगावाट विद्युत उत्पादन हुनेछ । दोभानमा विशाल जलाशय निर्माण गरेर केही भाग पानी तिनाउ नदीमा बगाइनेछ भने त्यहाँबाट बुटवलको बेलवाससम्म ७ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत गृह निर्माण गरी २६ मेगावाट विद्युत उत्पादन गरिनेछ । त्यसरी बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तु सम्म पुर्याएर सिंचाइका काममा प्रयोग गरिनेछ । यसो हुँदा रुपन्देही र कपिलवस्तुका एक लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुग्नेछ । करिब ९ मिटर चौडा सुरूङमार्गबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पु¥याउन सकिने विश्वास प्राविधिकहरूको छ । पौडेलले गण्डकी प्रदेशसँगको समन्वय र विस्तृत वातावरणीय अध्ययन गरेर मात्रै तिनाउमा कालीगण्डकीको पानी ल्याउने बताउँदै आउनुभएको छ । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Bhairahawa , Nepal-general , Nepal , Kapilvastu , Syangja , Poudel-gandaki , Bishnu-poudel , Rupandehi-butwal , It-the-project-office , Butwal-office , Project-office , Start-the

कालीगण्डकी–तिनाउ डाइभर्सनले सिङ्गो राष्ट्रको मुहार बदल्नेछ – उपप्रम पौडेल

बहुप्रतीक्षित कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउध्येश्यीय आयोजना अघि बढ्न लागेको छ । ठूलो क्षेत्रफलमा सिँचाईसँगै विद्युतीकरणको महत्वाकांक्षी अभियानका रुपमा लिइएको यो परियोजना अघि बढ्न लागेको हो ।
यस्तो सन्देश दिँदै शनिबार बुटवलमा परियोजनाको कार्यलय विधिबत रुपमा स्थापना भएको छ । उपप्रधानमन्त्री विष्णु पौडेलले कार्यलयको उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले राष्ट्रिय गौरवको यो आयोजनाले सिंगो राष्ट्रको मुहार बदल्ने बिश्वास ब्यक्त गर्नुभयो । देश विकासलाई कायकल्प गर्ने यो आयोजनालाई सफल पार्न उहाँले सबैलाई अपिल गर्नुभयो ।

Janakpur , Nepal-general , Nepal , Lumbini , Bhairahawa , Rupandehi , Kapilvastu , Vishnu-poudel , Baglung-butwal , Butwal-the-project-office , Butwal-office , He-national

कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय उद्घाटन, तटीय क्षेत्रका जनप्रतिनिधिको विरोध

कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय उद्घाटन, तटीय क्षेत्रका जनप्रतिनिधिको विरोध
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Butwal , Nepal-general , Nepal , Kapilvastu , Rupandehi , Lumbini , Narayani , Chapakot-syangja , Gandaki-pradesh , Multipurpose-the-project-office-butwal , Office-it-river , Project-office-butwal