Live Breaking News & Updates on China his

Stay informed with the latest breaking news from China his on our comprehensive webpage. Get up-to-the-minute updates on local events, politics, business, entertainment, and more. Our dedicated team of journalists delivers timely and reliable news, ensuring you're always in the know. Discover firsthand accounts, expert analysis, and exclusive interviews, all in one convenient destination. Don't miss a beat — visit our webpage for real-time breaking news in China his and stay connected to the pulse of your community

The eyes of the whole world on Afghanistan, understand every aspect of this problem from the interview of two experts | अफगानिस्तान पर पूरी दुनिया की निगाह, 2 एक्सपर्ट्स के इंटरव्यू से समझिए इस समस्या का हर पहलू

The eyes of the whole world on Afghanistan, understand every aspect of this problem from the interview of two experts | अफगानिस्तान पर पूरी दुनिया की निगाह, 2 एक्सपर्ट्स के इंटरव्यू से समझिए इस समस्या का हर पहलू
bhaskar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from bhaskar.com Daily Mail and Mail on Sunday newspapers.

New-york , United-states , Australia , Taiwan , Japan , Istanbul , Turkey , Afghanistan , India , Iran , New-canal , India-general-

सार्क निष्क्रिय भएसँगै चीनले यसरी अगाडि बढाउँदैछ क्षेत्रीय सहकार्य


कमलदेव भट्टराई
२०७८ असार २८ गते ८:४० मा प्रकाशित प्रतिक्रिया
२८ असार, काठमाडौं । दक्षिण एशियाली मुलुकहरूको क्षेत्रीय संगठन सार्क यतिबेला ‘कोमा’ मा छ । यसै अन्तर्गतको उपक्षेत्रीय संयन्त्र बीबीआईएन (भुटान, भारत, बंगलादेश र नेपाल) पनि अगाडि बढ्न सकेको छैन ।
अर्काे क्षेत्रीय संगठन बिमस्टेकको हालत पनि त्यही छ । कोरोना महामारीको समयमा यी संगठनहरूले केही पहल गर्नु त परैको कुरा, तिनीहरु आफैं थला परे । तर, जब कोरोना महामारीको शुरुआत भयो, चीनले दक्षिण एशियाली मुलुकलाई लक्षित गरेर क्षेत्रीय सहकार्य र समन्वयको पहल थाल्यो । विगत डेढ वर्षयता चिनियाँ विदेशमन्त्री वाङ यी आफैंले दक्षिण एशियाली मुलुकहरूसँग सहकार्यको मोडालिटीबारे निरन्तर छलफल गरिररहेका छन् ।
चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा संलग्न भइसकेका मुलुकहरुसँग चीनले क्षेत्रिय सहकार्यको प्रस्ताव गरिरहेको छ । चीनले दक्षिण एशियाली मुलुकहरूसँग गरेको सामूहिक र एकल छलफलले स्पष्ट छनक दिन्छ कि चीन सार्क वा अन्य कुनै क्षेत्रिय संगठन जस्तै कुनै संयन्त्र निर्माण गरेर अगाडि बढ्न चाहन्छ । सार्क, बीबीआईएन र बिमस्टेकलगायतका संस्थाहरूले उठाउँदै आएका विषयलाई नै केन्द्रमा राखेर चीनले नयाँ-नयाँ संयन्त्रहरूको निर्माण थालेको देखिन्छ ।
शुरूमा सो सहकार्य कोरोना महामारी नियन्त्रण, औषधीय सामग्रीहरूको वितरण र अनुभव आदान-प्रदानमा केन्द्रित रहे पनि अहिले विस्तारै अन्य क्षेत्रहरूमा पनि चीनले सहकार्य अगाडि बढाएको छ ।
जुलाई ८ मा चीन-दक्षिण एशियाली मुलुक गरीबी निवारण र सहकार्य केन्द्रको स्थापना भएको छ । जसलाई नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तानले समर्थन गरेका छन् । सो केन्द्र स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा पाँचै देशका चीनस्थित राजदूतहरूको सहभागिता थियो र सबै मुलुकले यसको समर्थन गरेका छन् ।
यसको मुख्य उद्देश्य पछिल्लो दशकमा चीनले गरीबी निवारणमा प्राप्त गरेको सफलता र ज्ञान दक्षिण एशियाली मुलुकसँग आदानप्रदान गर्नु हो तर यसको उद्देश्य यससँग मात्र सम्बन्धित छैन । विश्लेषकहरूले यसलाई विशुद्ध गरीबी निवारण संयन्त्र मात्र नभई यसको भूराजनीतिक र अन्य उद्देश्य रहेको बताउने गरेका छन् ।
अहिले चीनले सहकार्यका लागि अगाडि बढाएका विषय र सार्कले यो क्षेत्रमा अगाडि बढाउन खोजेका विषयहरूमा धेरै समानता रहेको छ । चिनियाँ उपविदेशमन्त्री वु जिअंगोका अनुसार चीनले दक्षिण एशियाली मुलुकहरूसँग खाद्य सुरक्षा, प्राकृतिक स्रोतको एकीकरण, ज्ञानको बाँडफाँट, आर्थिक विकास, जीवन निर्वाहमा प्रगति र गरीबी निवारणका क्षेत्रमा काम गर्न चाहेको छ ।
गरीबी निवारण केन्द्रको उद्घाटन गर्दै चीनले यी मुलु्कहरूसँग सहकार्य चाहेको उनले गरीबी निवारण केन्द्रको उद्घाटनलाई सम्बोधन गर्दै जानकारी दिए । त्यसैगरी क्षेत्रीय शान्ति र विकासका लागि मिलेर काम गर्ने प्रस्ताव पनि चीनले अगाडि बढाएको छ । यिनै विषयलाई सार्कले पनि अगाडि बढाइरहेको छ तर केही वर्षयता सार्क पूर्णरूपमा शिथिल छ । अहिले चीनसहित पाँच मुलुक भए पनि अन्य देशहरूलाई पनि जोड्ने चीनको तयारी छ ।
नयाँदिल्लीस्थित मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान नामक थिंक ट्यांकका अनुसन्धानकर्ता निहार आर नायक चीनले सार्कलाई काउन्टर गर्न समानान्तर संगठनहरू निर्माण गर्न थालेको बताउँछन् । उनले भने, ‘यो दक्षिण एशियाली मुलुकहरूको भावना र मन जित्ने चीनको अर्काे कदम हो । चीनले सार्कको समानान्तर संगठनहरू निर्माण गर्न चाहेको छ किनकि सार्कमा रहेको यो कार्यक्रमहरूलाई उसले अगाडि बढाउन खोजेको छ ।’
पछिल्लो समयमा निर्माण भएका संयन्त्रहरूमा चीनले भारतलाई पनि सहभागी गराउन खोजिरहेको छ तर भारत भने चीनले नेतृत्व गरेको कुनै पनि संयन्त्रमा जान तयार छैन र भारत बिआरआईमा सहभागी छैन ।
चीनले अहिले अगाडि बढाएको संयन्त्रलाई बुझ्नका लागि उसले यस अगाडि दक्षिण एशियाली मुलुकहरूसँग गरेका केही छलफलको सन्दर्भ हेर्नुपर्छ । अप्रिल २७ मा चिनियाँ विदेशमन्त्री वाङ यीले पाँच मुलुकका परराष्ट्रमन्त्रीहरूसँग क्षेत्रीय सहकार्यको विषयमा लामो छलफल गरे । सो बैठकमा चीनले दक्षिण एशियाली मुलुकहरूसँग तीन संयन्त्र निर्माणको प्रस्ताव गरेको थियो ।
पहिलो, चीन-दक्षिण एशियाली मुलुकहरू गरीबी निवारण र विकास सहकार्य केन्द्र, दोस्रो, स्वास्थ्य महामारी सामना गर्न चीन-दक्षिण एशिया आपत्कालीन भण्डारण केन्द्र र तेस्रो चीन र दक्षिण एशियाली मुलुकहरूको बीचमा ई-कमर्स सम्बन्धी सहकार्यको विषय थिए ।
सो बैठकमा भएको सहमति अनुसार चीन अगाडि बढिरहेको देखिन्छ । परराष्ट्रमन्त्रीहरू बीचको छलफलपछि उपविदेशमन्त्री, परराष्ट्र सचिव र अन्य विभिन्न तहमा छलफल गरेर यसलाई अगाडि बढाउने सहमति भएको थियो । यही प्रयोजनका लागि यस विचमा विभिन्न बैठकहरु पनि भए ।
यस अगाडि सन् २०२० को नोभेम्बर महीनामा चीनले पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंकासँग संयुक्त रूपमा छलफल गरेको थियो जसलाई उसले ‘दि फाइभ पार्टिज’ भनी नामकरण गरेको थियो । सो बैठकको नेतृत्व पनि चिनियाँ विदेशमन्त्री वाङ यीले नै गरेका थिए । चीनले त्यतिबेला बेल्ट एण्ड रोड इनिसियटिभलाई सामूहिक रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएको थियो ।
एक वर्षदेखि चीनले निरन्तर गरिरहेको यो प्रयासको एउटै उद्देश्य यस क्षेत्रमा बहुपक्षीय सहकार्यका लागि कुनै स्थायी संयन्त्रको विकास गर्नु रहेको विश्लेषकहरू बताउँछन् । यसलाई चीनको विश्वव्यापी रूपमा बढ्दो आर्थिक र राजनीतिक प्रभावको रूपमा लिनुपर्ने उनीहरुको राय छ ।
भूराजनीतिक विश्लेषक चन्द्रदेव भट्ट चीनले अहिले दक्षिण एशियाली मुलुकहरूसँग सम्बन्ध विस्तार गर्दै उनीहरूको विश्वास जित्न खोजेको र चीन यतिबेला त्यो गर्न सक्ने अवस्थामा रहेको बताउँछन् । उनका अनुसार यिनै गतिविधिमा नेपाललाई सहयोग गरिरहेका पश्चिमा र भारतको लागि पनि चीनले अगाडि बढाएको परियोजना एउटा चुनौती हो ।
‘विभिन्न विषयमा सहकार्य अगाडि बढाएर चीनले अब सार्कको औचित्य छैन भन्ने सन्देश दिएको पनि हुनसक्छ । चीनलाई यो क्षेत्रमा उभिनको लागि निश्चय नै केही संयन्त्र आवश्यक पर्छ, जुन अन्य मुलुकहरूले विगतमा अभ्यास गरेका थिए’ भट्टले भने, ‘यससँगै तीव्र आर्थिक विकास गरिरहेको चीनले यी मुलुकहरूलाई सहयोग पनि गर्न चाहेको छ ।’
दक्षिण एशियाली मुलुकहरूसँग क्षेत्रीय रूपमा नै सहकार्य बढाउने तयारी चीनले केही समय अगाडिदेखि नै शुरू गरेको हो । सन् २०१७ मा आयोजना भएको १७औं पार्टी कंग्रेसमा चिनियाँ राष्ट्रपति सि जिन पिङले छिमेकी मुलुकहरूसँग पारस्परिक लाभ र समावेशी सिद्धान्तको आधारमा सम्बन्धलाई गहिरो बनाउन लागेको बताएका थिए ।
यसपछि चीनले दक्षिण एशियाली मुलुकहरूसँग द्विपक्षीय र बहुपक्षीय सहकार्य गर्न चाहेको छ । चीनको पछिल्लो पहलमा सार्कका तीन सदस्य भुटान, माल्दिभ्स र भारत सहभागी छैनन् । विश्लेषकहरु केही समयपछि माल्दिभ्स पनि यसमा जोडिने बताउँछन ।
भारतले चीनले नेतृत्व गर्ने संगठनमा सहभागी हुन पूरै इन्कार गरेको छ भने भुटानसँग चीनको कूटनीतिक सम्बन्ध छैन र बिआरआई पनि जोडिएको छैन । यस अगाडि सार्क मार्फत चीनले दक्षिण एशियामा आफ्नो भूमिका खोजेको थियो तर भारत र अन्य मुलुक त्यसका लागि तयार भएनन् । चीन यतिबेला सार्कको पर्यवेक्षक रहेको छ।
अब अन्य कुनै संगठनमा सदस्य हुनेभन्दा पनि आफ्नो नेतृत्वमा नै क्षेत्रीय संगठन र संयन्त्र निर्माणको काममा चीन लागेको पाइन्छ । कतिपय विश्लेषकले यसलाई हिमालयन क्वाड पनि भनेका छन् तर चीनले भने यसलाई ‘मिनिल्याटरल’ संस्थाको रुपमा व्याख्या गरेको छ । यससँगै अन्य क्षेत्रीय विषयहरुमा समेत चीनले आफ्नो भूमिका अगाडि बढाउन खोजिरहेको छ । अमेरिकी सेना फिर्तापछि अफगानिस्तानमा उत्पन्न अवस्थाको बारेमा उसले विभिन्न देशहरुसँग परामर्श पनि थालेको छ ।

Kuala-lumpur , Malaysia , Kathmandu , Bagmati , Nepal , Bangladesh , United-states , India , Maldives , China , Delhi , Bhatta

निजी प्रविधि कम्पनीहरुमाथि किन लगाम कस्दैछ चीन ?

निजी प्रविधि कम्पनीहरुमाथि किन लगाम कस्दैछ चीन ?
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

China , Kathmandu , Bagmati , Nepal , United-states , Chinese , Vibo-valentia , Company-chinese , Global-the-company , China-national , Company-group , Service-supplier-the-company

'अफगानिस्तान अस्थिरताको बाछिटा नेपालसम्म आइपुग्छ' – Online Khabar


कमलदेव भट्टराई
२०७८ असार २६ गते ७:०० मा प्रकाशित प्रतिक्रिया
तालिवान लडाकुहरु । अमेरिकी सेना फर्किएसँगै तालिवानले अफगािस्तानमा आफ्ना गतिविधिलाई सक्रिय बनाएको छ । केही ठाउँमा कब्जा गरिसकेको छ ।
२६ असार, काठमाडौं । अमेरिकी सेना फिर्तासँगै तालिवान र उप्रति नरम नीति लिने कट्टरपन्थी समूहहरुले अफगानिस्तानमा आफ्ना गतिविधि बढाएका छन् । यससँगै त्यहाँ राजनीतिक अस्थिरता बढ्ने र सुरक्षा अवस्था थप बिग्रिने चिन्ता बढेको छ ।
अफगानिस्तान अशान्त हुँदा यसले पार्न सक्ने क्षेत्रीय प्रभावबारे बहस शुरु भएको छ । दुई छिमेकी मुलुक भारत र चीनले अमेरिकी सेना फिर्तीपछिको शून्यताको अवस्थालाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा तयारी थालेका छन् ।
चीनले आफ्ना केही नागरिक फिर्ता बोलाएको छ भने भारतले आफ्ना नागरिकलाई सुरक्षित रहन र सम्पूर्ण विवरण दूतावासलाई जानकारी गराउन भनेको छ ।
अफगानिस्तानमा उत्पन्न हुनसक्ने अस्थिरता र असुरक्षाले नेपाललाई सीधै असर नगरे पनि यसको बाछिटा भने नेपालसम्म आइपुग्ने विश्लेषकहरू बताउँछन् ।
सुरक्षा मामिलाविज्ञ एवं नेपाली सेनाका अवकाश प्राप्त सहायकरथी सुरेश शर्मा अफगानिस्तानमा तालिवान आउँदा खुसी हुने हतियारधारी समूह कश्मीर उपत्यकामा अझै पनि भएको र त्यहाँ (कश्मीर) मा कुनै समस्या उत्पन्न हुँदा अतिवादीहरू भागेर नेपाल आएर लुक्न सक्ने खतरा रहेको बताउँछन् ।
‘तालिवानले पहिला पनि आफ्नो कटरपन्थी रूप देखाएकै हो । अहिले पनि उसले अफगानिस्तानको थुप्रै प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएको छ । उनीहरूले अहिले पनि आफ्नो हतियार देखाइरहेका छन्, उनीहरूको नारा यथावत् नै छ’ शर्माले भने, ‘त्यो तत्व अझ स्पार्क हुनसक्छ र त्यसले कश्मीर उपत्यकालाई हान्न सक्छ । तालिवान आउँदा खुसी हुने हतियारधारी समूह अझै त्यहाँ छन् ।’
यसबारे नेपाल प्रहरीले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘अहिले नै के हुन्छ भन्न सकिंदैन, तर त्यहाँ हुने घट्नाक्रमले यो क्षेत्रलाई असर गर्छ किनभने हामी त्यति टाढा पनि छैनौं’ सुरक्षा मामिलाविज्ञ शर्मा भन्छन्, ‘कश्मीरबाट हामी धेरै टाढा छैनौं, भारत र पाकिस्तानको सीमाबाट पनि हामी टाढा छैनौं ।’
के नेपाल बोल्नुपर्छ ?
अफगानिस्तानमा नेपाली दूतावास छैन । त्यहाँ के भइरहेको छ र नेपालले कस्तो धारणा बनाउनुपर्छ भनेर सरकारलाई सुझाव दिने जिम्मेवारी नयाँदिल्लीस्थित नेपाली दूतावासको हो ।
अहिले नै सुरक्षा अवस्था त्यति नबिग्रिएकाले नेपाली नागरिकबारे त्यति चिन्ता गर्नुपर्ने अवस्था छैन । तर पहिलेको जस्तो ढुक्क रहने अवस्था छैन, किनकि विभिन्न समूहको गतिविधि बढेको छ
तर नेपाली नागरिकहरु त्यहाँ पनि छन् । सन् २०१६ मा राजधानी काबुलमा तालिवानको आत्मघाती आक्रमणमा १३ नेपाली सुरक्षा गार्डको मृत्यु भएपछि सरकारले अफगानिस्तानसँगै लिबिया र सिरियामा समेत नेपालीलाई जान रोक लगाएको थियो । तर केही समयपछि नै त्यसलाई फुकुवा गरिएको थियो ।
सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख भए अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ६५४ जनाले अफगानिस्तानमा रोजगारीका लागि जान स्वीकृति लिएका छन्, जसमा २ जना महिला छन् । तर नेपालीहरुको संख्या योभन्दा धेरै भएको अनुमान छ ।
संयुक्त राष्ट्रसंघका विभिन्न निकाय, गैरसरकारी संस्थामा कर्मचारीको रूपमा कार्यरत नेपालीहरुको डेटा भए पनि अवैध बाटोबाट पुगेकाहरुको विवरण छैन ।
त्यहाँको एक गैरसरकरी संस्थामा कार्यरत नेपालीले अहिले नै सुरक्षा अवस्था त्यति नबिग्रिएकाले नेपाली नागरिकबारे त्यति चिन्ता गर्नुपर्ने अवस्था आइनसेकेको बताए । ‘पहिलेको जस्तो ढुक्क रहने अवस्था छैन, विभिन्न समूहको गतिविधि बढेको छ’ उनी भन्छन्, ‘यहाँ केही भएको खण्डमा यहाँ कार्यरत संयुक्त राष्ट्रसंघ, गैरसरकारी संस्था र विभिन्न दूतावासमा कार्यरतलाई उद्धार गर्ने योजना बनेको हुन्छ ।’ उनका अनुसार त्यहाँ कार्यरत विभिन्न निकायले आफ्ना कर्मचारीको सुरक्षाबारे केही कदम चालेका छन् ।
तर अफगानिस्तानमा नेपालको दूतावास नभएकाले केही भइहाले नेपाली नागरिकहरु समस्यामा पर्न सक्छन् । केही वर्षअघिसम्म इस्लामावादस्थित नेपाली दूतावासले अफगानिस्तान मामिला हेर्ने गरेकोमा अहिले नयाँदिल्लीस्थित नेपाली दूतावासले हेर्छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार त्यहाँ रहेका नेपालीको सुरक्षा खतराबारे निरन्तर फलोअप गर्ने काम भइरहेको छ ।
जानकारहरूका अनुसार अफगानिस्तानको पछिल्लो घट्नाक्रमबारे नेपाल सचेत हुनुपर्छ । आवश्यक परेको खण्डमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ किनकि नेपालले जहिले पनि क्षेत्रीय स्थायित्व र शान्तिको पक्षमा बोल्दै आएको छ ।
विश्लेषक देवराज दाहाल अफगानिस्तानमा उत्पन्न हुनसक्ने अस्थिरताले नेपाललाई सीधै असर नगरे पनि यो विषय क्षेत्रीय शान्ति र स्थिरताको भएको बताउँछन् । ‘हामीलाई सीधै असर गर्दैन तर यो क्षेत्र अस्थिर हुँदा त्यसको असर नेपाललाई पनि पर्छ नै’ दाहालले भने, ‘त्यहाँको आन्तरिक राजनीतिक समीकरण कसरी अगाडि बढ्छ, बाह्य शक्तिले कुन राजनीतिक शक्तिलाई अगाडि बढाउन चाहन्छन्, त्यो हेर्नुपर्छ ।’
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल को-अपरेसन एण्ड इनगेजमेन्टका रिसर्च डाइरेक्टर प्रमोद जैसवाल नेपालको पोजिसनले खासै फरक नपार्ने भए पनि क्षेत्रीय शान्ति र स्थायित्वको पक्षमा बोल्नुपर्ने सुझाउँछन् । भन्छन्, ‘नेपालको पोजिसनले फरक पार्दैन किन कि नेपाल सीमा जोडिएको मुलुक होइन । तर आफ्नो उपस्थिति देखाउन पनि शान्ति र स्थायित्वको पक्षमा नेपाल बोल्नुपर्छ ।’
सार्कलाई कस्तो असर गर्ला ?
अफगानिस्तान दक्षिण एसियाली सहयोग संगठन (सार्क)को सबैभन्दा कान्छो सदस्य हो । सन् २००७ मा अफगानिस्तान सदस्य भएसँगै सार्कमा सदस्य मुलुकको संख्या ८ पुगेको हो । त्यसबेला नै अफगानिस्तानको आन्तरिक राजनीतिक अस्थिरताले सार्कमा पर्नसक्ने प्रभावबारे कूटनीतिक वृत्तमा बहस भएको थियो ।
यस बीचमा अफगानिस्तान तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरण रह्याे, जसले गर्दा सार्कमा धेरै असर परेन । तर त्यहाँ फेरि हिंसा बढ्यो भने थला परेको सार्कलाई अझै असर गर्ने विश्लेषकहरू बताउँछन् । जसरी विगत दुई दशकदेखि भारत र पाकिस्तानको लडाईँले सार्कलाई असर गरिहेको छ, अफगानिस्तानको आन्तरिक अवस्थाले पनि भविष्यमा असर गर्न सक्छ । किनकि कुनै एउटा सदस्य मुलुक सहभागी नभएमा वा अनुपस्थित भएमा सार्क अगाडि जान सक्दैन ।
आगामी दिनमा अफगानिस्तान फेरि द्वन्द्वको भुमरीमा फसेमा क्षेत्रीय कनेक्टिभिटी र अन्य पूर्वाधार निर्माणको प्रक्रियालाई नै असर गर्ने जैसवाल बताउँछन् । उनी भन्छन्, ‘त्यहाँ अशान्ति भएमा सबैको ध्यान सुरक्षाको विषयमा केन्द्रित हुन्छ र यस्तो अवस्थामा अन्य विकास र कनेक्टिभिटीका विषय अगाडि बढ्न सक्दैनन् । क्षेत्रीय विकासको विषयमा पनि असर गर्छ ।’
त्यसैले सार्कको अध्यक्ष मुलुक नेपालले अफगानिस्तानको घटनाक्रमलाई नजिकबाट नियाल्नुपर्ने र आवश्यक परेमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने विश्लेषकहरू सुझाउँछन् ।

Kuala-lumpur , Malaysia , Kathmandu , Bagmati , Nepal , Afghanistan , United-states , India , Dahal , Ar-raqqah , Syria , China

భారత్ చైనా మధ్య అటువంటి పోటీ లేదు: విదేశాంగ మంత్రి జైశంకర్

భారత్ చైనా మధ్య అటువంటి పోటీ లేదు: విదేశాంగ మంత్రి జైశంకర్
andhrajyothy.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from andhrajyothy.com Daily Mail and Mail on Sunday newspapers.

China , India , Russia , Russian , India-china , Foreign-minister , Minister-thursday , China-his , சீனா , இந்தியா , ரஷ்யா

प्रधानमंत्री नरेन्द्र मोदी ने दलाई लामा को 86 वें जन्मदिन पर दी बधाई

प्रधानमंत्री नरेन्द्र मोदी ने दलाई लामा को 86 वें जन्मदिन पर दी बधाई
samaylive.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from samaylive.com Daily Mail and Mail on Sunday newspapers.

China , India , New-delhi , Delhi , Tibet , Xizang , Chinese , A-dalai-lama , Dalai-lama-nobel , Dalai-lama , Express , Chinaa-center

Sakshi Editorial On 100 Years Of Chinese Communist Party

Sakshi Editorial On 100 Years Of Chinese Communist Party
sakshi.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from sakshi.com Daily Mail and Mail on Sunday newspapers.

China , United-states , India , France , Mao-shea , Shea-sea , Danny-mao , River-island-goes , Mao-her , Main-secretary , China-his , House-shea

अभूतपूर्व चीन

अभूतपूर्व चीन
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Germany , Shanghai , China , United-states , India , United-kingdom , Nepal , Beijing , Italy , Chinese , Jiang-zemin , Financial-union

China is bent on deciding succession of Tibet next Dalai Lama

China is bent on deciding succession of Tibet next Dalai Lama
jagran.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from jagran.com Daily Mail and Mail on Sunday newspapers.

Beijing , China , India , Tibet , Xizang , Chinese , Panchen-lama , Dalai-lama , International-community , China-tibet , Her-report , China-his

जब अन्तरीक्षमै निदाए चिनिया अन्तरीक्ष यात्री

जब अन्तरीक्षमै निदाए चिनिया अन्तरीक्ष यात्री
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

China , Yangon , Myanmar , Chinese , China-post , Mission-it , China-space-mission , Space-mission , Wednesday-chinese , Public-the , Space-their